प्रहरी द्वारा भारी मात्रामा लागूऔषध गाँजा बरामद

  |

१९ मंगलवार २०८३ श्रावण
पर्सा! ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी प्रसौनी भाठा बाट खटेको सयुक्त प्रहरी टोलि द्वारा २०७ केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

बिन्दवासिनी गाउँपालिका वडा नं ५ बाट प्रहरी चौकी प्रसौनी भाठा प्रमुख प्रहरी नायब निरीक्षक किमत पौडेलको कमाण्डमा खटेको प्रहरी टोलिले प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको गाडी एवम मकवानपुर जिल्ला घर भएको चालक कृष्ण लामा लाई नियन्त्रणमा लिएको कुरा मधेश भ्युज डटकम लाई प्राप्त भएको छ।
नयाँ प्रहरी प्रमुख एसपी आउन साथ प्रहरी चौकी प्रसौनी भाठा ईन्चार्ज बिहिन थियो
प्रहरी उपरीक्षक पवन भट्टराई पर्साको कमाण्ड सम्भाल्न साथ प्रसौनी भाठामा पहिलो ईन्चार्ज खटाएका थिए। फौजमा जब (Right Man Right Place) मा प्रमुख भएर जान्छ भने फतै हासिल अर्थात त्यहाँ सकारात्मक परिवर्तन ल्याउँछ। बि स (२०४७) सालमा स्थापना भएको प्रहरी चौकी प्रसौनी भाठा यति ठुलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको सम्भवत यो पहिलो घटना हो।
ईलाका प्रहरी कार्यालय पोखरिया द्वारा विभिन्न मिति र समयमा अन्दाजी १००० किलोग्राम भन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ।
विगत लामो समयदेखि मधेश प्रदेशका जिल्लाहरुमा बागमती प्रदेश तथा कोशी प्रदेशको जिल्ला बाट लागूऔषध गाँजा संगठित रुपमा तस्करीको माध्यम बाट आइरहेको जानकारी प्रहरीले बरामद गरेको गाडी, तथा चालकको बयान बाट पुष्टि हुन्छ।
बरामद लागूऔषध गाँजा बारे प्रहरीको बिस्तृत अनुसन्धान जारी रहेको सुचना बुझ्नमा आएको छ। पक्राउ परेकाे गाँजा तथा यसको मुख्य पात्र सम्म प्रहरी अनुसन्धान बाट खुल्ला।