१६ भदौ २०८३, मंगलवार
पर्सा! पकहाँमैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता असफल बन्दै गएका छन।
अहिले सम्म गाउँसभा (परिषद) गर्न सकेका छैनन।
गाउँपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्ने काम गाउँसभा परिषद बाट हुने गर्दछ।
पकहाँमैनपुर गाउँपालिका अहिले चौतर्फी बिबादमा फसेको छ। पाँच वटा वडा रहेको यो गाउँपालिकामा सबै जनप्रतिनिधिहरु कांग्रेसकै छन तै पनि सहमति जुटेको छैन।
नेपलको संविधानको धारा २२२ बमोजिम गाउँपालिकामा गाउँसभा गठन गर्ने उल्लेख रहेको छ
गठनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हुनेछ भने सबै वडाका वडा अध्यक्षहरु साथै चार जना वडा सदस्य तथा दलित दुई जना रहने प्रावधान रहेको छ।
पकहाँमैनपुर गाउँपालिका वडा नम्बर एकमा वडा अध्यक्ष विनोद मेहता, वडा नम्बर दुईमा मुकुट चौहान,वाड नम्बर तिनमा संजय चौहान, वडा नम्बर चारमा ढेरी यादव, वडा नम्बर पाँचमा बलिराम चौरसिया सबै कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि रहेका छन। त्यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जनप्रतिनिधिहरु कांग्रेसकै हुँदा समेत गाउँसभा पेचिलो बन्दै बन्दै आएको छ ।गाउँसभा परिषदमा ढिलाई हुँदा अनेकौ प्रश्नहरू उब्जेको छ भने पालिका भित्र बेथिति गुट उपगुट रहेको कुरा प्रष्ट रूपमा देखिएको छ।
पकहाँमैनपुर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको आलोचना ब्यापक रुपमा भइरहेको छ। सुरेश मेहता गाउँपालिका अध्यक्ष भए पनि डिसिजन उनको नभई अन्य बिबादित पात्रहरूले गर्दा गाउँपालिकामा सबै कार्यहरू झनै जटिल बन्दै गएको छ।
तराई मधेशका जिल्लाहरूमा प्राय जसो गाउँपालिका उपाध्यक्षको कुर्सी आफन्त नातेदारले चलाएको प्रष्ट रूपमा मिडियाहरूमा आइरहन्छ ठिक उस्तै अहिले पकहाँमैनपुर गाउँपालिका उपाध्यक्ष लाई उनका श्रीमानले चलाएको टिकाटिप्पणी भइरहेको छ भने विकाश निर्माणका कार्यहरु अधुरो सीमित पात्रहरू प्रयोग गरेको आरोप लागेको छ।
पर्साको सबै भन्दा बढी करारको कर्मचारी भर्ना गर्ने ठाउँको नामबाट चिन्न सकिने गाउँपालिका अहिले पकहाँमैनपुर बनेको छ।

