चोरीको बाईक प्रयोगमा: इन्स्पेक्टर अधिकारी बिबादित बन्दै

  |

२६ भदौ २०८३, शुक्रवार
पर्सा! ईलाका प्रहरी कार्यालय पेटेर्वा सुगौली इन्स्पेक्टर कानुन विपरीत चोरीको (केटिएम डुक )मोटरसाइकल प्रयोग गरिरहेको सुचना मधेश भ्युज डटकम लाई प्राप्त भएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ईन्चार्ज प्रहरी निरीक्षक समुन्नत अधिकारी संगठनको नीतिनियम विपरीत घुमुवा प्रहरी परिचालन गरेको तथा उक्त घुमुवा प्रहरीहरु आचरण विपरीत कार्यहरु गरिरहेको गुनासो माथिल्लो निकाय सम्म पुग्दा जिल्ला प्रहरी कार्यालय पर्साले त्यहाँ कार्यरत रहेका घुमुवा प्रहरी लाई तानेको थियो।
प्रहरी निरीक्षक समुन्नत अधिकारी कमाण्ड कन्ट्रोल मा कम्जोर देखिएका छन। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका एक जना प्रहरीअधिकृत नाम गोप्य राख्ने शर्तमा यस मधेश भयुज संग भने ईलाका प्रहरी कार्यालय प्रमुख (इन्स्पेक्टर )संग मजकुर कार्यालय द्वारा स्पष्टीकरण सोधिएको थियो।
तर पहुँच पावरको बलमा छुट पाएको थिएँ। जिल्ला प्रहरी कार्यालय पर्साको कडाई हुँदा हुँदै पुनः घुमुवा प्रहरी राखेको सुचना विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा आईरहेको छ।
अहिले बिबादै बिबादको घेरामा परेका ईलाका प्रहरी कार्यालय पेटेरवा सुगौली (ईन्चार्ज) प्रहरी निरीक्षक समुन्नत अधिकारी बाईक काण्डमा बिबादित बनेका छन।
ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली मातहत रहेको प्रहरी युनिट (इप्रका) एकटाँगा
प्रहरीले चेकजाँचको क्रममा कागज पत्र नभएको (KTM Duk) मोटरसाईकल फेला पारी ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली लाई बुझाएको थियो।
तर ईलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर कानुन विपरीत अहिले त्यो मोटरसाइकल प्रयोग गरिरहेको सुचना प्राप्त भएको छ
मुलुकी अपराध संहिता २०७४ को दफा २८७ को विपरीत उक्त कार्य गरेका छन। नेपाल प्रहरी नेपालकाे कानुन बमोजिम कार्य गर्ने संगठन कानुन विपरीत कार्य गरेको देखेर प्रश्न उठेको छ।
यस बारे बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साको सुचना अधिकारी डिएस्पी संग सम्पर्क गर्न खोजदा फोन उठेन