२०८३ भदौ २९, सोमवार
पर्सा! जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रशासन शाखा प्रमुख प्रहरी नायब उपरीक्षक (डिएस्पी) राजु कार्की प्रहरी कर्मचारीहरुको आन्तरिक चेन्ज अर्थात (अदलि बदलि) कार्यमा बिबादित बन्दै गएका छन।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई जिल्लाको कमाण्ड सम्हालन साथ डिएस्पी राजु कार्की लाई आन्तरिक चेन्ज गर्न अधिकार दिएका थिए।
मधेश प्रदेशका तत्कालिन डिआईजी गोबिन्द थपलियाको कार्यकालमा प्रहरी संचालन कार्यविधि २०८२ बनेको थियो।
जसमा “क” “ख” “ग” श्रेणी निर्धारण गरिएको थियो यसको अर्थ हो कुनै पनि प्रहरी कर्मचारी अर्थात सिपाही देखि बरिष्ठ सई सम्म प्रहरी चौकीमा जाँदा क बाट क मा जान पाउँदैन सीमा प्रहरी चौकीहरूमा ६ महिना भन्दा बढी बस्न नपाउने तथा संचार तर्फको जुनियर अफिसरहरुलाई चौकी इन्चार्जको जिम्मेवारी नदिने भन्ने उल्लेख छ।तर जिल्ला प्रहरी कार्यालय पर्साको प्रशासन शाखा प्रमुख प्रहरी नायब उपरीक्षक डिएस्पी राजु कार्की यसको विपरीत प्रहरी चौकी ईन्चार्ज तथा प्रहरी कर्मचारीहरुलाई खटाइएको सुचना मधेश भ्युज डटकम लाई प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा मिति २०८३/०५/०९ गते प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरीक्षक देखि प्रहरी बरिष्ठ सई सम्मको आन्तरिक सरुवा गर्दा मापदण्ड मिचिएको छ। “क” बाट “क ” श्रेणीको चौकीमा बरिष्ठ सई लाई जिम्मेवारी दिएर पठाईएको छ। भने एक जना प्रहरी सहायक निरीक्षकको दरबन्दी सिराहा भएको लाई समेत ईन्चार्ज खटाइएको छ। त्यसै गरी सिपाही हवलदार खटाउदा समेत मापदण्डको विपरीत खटाइएको छ। प्रहरी चौकी परवानिपुर बसेका एकजना प्रहरी कर्मचारी लाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रशासन शाखा प्रमुख डिएस्पी राजु कार्की प्रहरी चौकी श्रीसिय खटाएका छन।
नाम गोप्य राख्ने शर्तमा एक जना प्रहरी कर्मचारी यस मधेश भ्युज डटकम लाई सुनाए सरुवा भएको लामो समय देखि बसेको प्रहरी कर्मचारीहरु संग आर्थिक लाभ लिएर रोकेका छन जस्तो क्राईममा कार्यरत सिपाही हवलदारको बाहिर दरबन्दी रहेको लाई रवाना थमाउन सकेका छैनन सिधासाधा लाई दरबन्दी जा भनेर पेलेर रवाना बुझाउँदै आएका छन डिएस्पी कार्की।
जिल्ला प्रहरी कार्यालय भित्र दोस्रो पटक एकै व्यक्तिलाई कोटमास्टरको जिम्मेवारी पटेल लाई दिइएको छ।
भने लामो समयदेखि निरन्तर रूपमा सुबेदार मेजरको जिम्मेवारी लामा लाई दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट बाट पर्सा जिल्ला आएका डिएस्पी राजु कार्की आफुलाई पावरफुल तथा आईजिको मान्छे हो भन्ने गफ लाउने गरेको तथा जिप्रका भित्र दैनिक रूपमा बिचौलिया संग रमाउने गरेको कुरा नाम गोप्य राख्ने शर्तमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक जना निम्न स्तरका प्रहरी कर्मचारीले बताए।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका केही प्रहरीको काज गरेको थियो जसमा आशिष पौडेल लाई तुरुन्तै काज भएको जिल्लाको रावाना दिएको छ तर उसँगै काज भएको अन्य प्रहरी लाई डिएस्पीको आदेअनुसार रवाना नबुझाई यतिकै राखिएको खबर छ ।
डिएस्पी राजु कार्की गरेका धैरै कार्यमा कैफियत देखिएको छ। मधेश भ्युज डटकमले केही सुचना जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी पवन भट्टराई तथा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी लाई समेत जानकारी गराएको थियो वहाँहरुको जवाफ थियो गलत कार्य गर्ने लाई छुट छैन
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको केही प्रहरी चौकी ईन्चार्जहरुको कार्यकाल ८/९ हुँदासमेत समयमा चेन्ज गरिएको छैन
उदाहरणको रूपमा प्रहरी चौकी रंगपुर ईन्चार्जको कार्यकाल ९ महिना पुग्न लागेको छ।
भने अनेकौ बिबादि जस्तो रक्सी भट्ठी, काठ तस्करी घटनास्थलमा ढिलो पुग्ने गुनासो हुँदाहुँदै समेत कुनै सुनुवाई गरिएको छैन।

