३१ भदौ २०८३, बुधवार
पर्सा! नेपाल प्रहरीको प्रहरी प्रमुख प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की माथि (रास्वपा) सांसद खगेन्द्र सुनारले सदनमा उठाएको गम्भीर प्रश्न बारे सरकार मौन देखिएको छ।
सांसद खगेन्द्र सुनार तल्लो दर्जाका प्रहरीहरुको जुत्ता, मोजा खाइदिएको आरोप आईजीपी माथि लगाएका छन
अख्तियार तथा संसदको लेखा समितिमा समेत उजुरी परेको छ। करोडौँ करोड भ्रष्टाचार गरेको आरोप नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की माथि लागेको छ।
सामान्य आरोपको भरमा अहिले सम्म सरकारको तीन जना मन्त्रीहरु आफ्नो पद गुमाई सकेका छन।
तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप लागेको अहिलेका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की, उनकी श्रीमती लगायत ठुलो अधिकारी माथि लागेको छ। प्रश्न गम्भिर छ सरकार मौन देखिएको छ। यसै विषयमा
मधेश भ्युज डटकम संग नाम गोप्य राख्ने शर्तमा नेपाली कांग्रेसका एक जना केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रीको भनाई अनुसार अहिलेको नेपाल प्रहरीका आईजीपी वर्तमान दुई तिहाईको सरकार बाट आशीर्वाद प्राप्त गरेका आईजीपी हुन केही त्रुटि छ सत्तापक्षकै सांसद सदनमा दुई पटक प्रश्न उठाउँदा समेत सरकारले आइजीमाथि छानबिन सुरु गरेको छैन। यसले गर्दा बालेन सरकार प्रति विश्वास गुम्दै गइरहेको छ।
दोस्रो बिबादमा समेत आईजी मौन देखिएका छन एक पत्रकार लाई आईजीपी धम्कि पुर्ण तरिकाले कुरा गर्दै गरेको अडियो सोसल मिडियामा आएको थियो यस बारे प्रहरी प्रधान कार्यालय नक्सालका सुचना अधिकारी संग बुझ्दा कुनै सुचना निकालेको छैन भने जवाफ आएको छ
मातहत रहेका ७७ वटै जिल्लाहरुमा प्रहरी सहायक निरीक्षक (प्र स नि)देखि (सि प्र अ) सिनियर प्रहरी अधिकृत अर्थात जिल्ला प्रमुख, ईलाका प्रमुख, प्रदेश प्रमुख, गण प्रमुख, चौकी प्रमुखहरु गल्ति गर्दा जिम्मेवारी बाट हटाई विभागीय नीति नियम बमोजिम कारबाही हुने तर संगठनको सर्वोच्च पदमा रहेका आईजीपी माथि माननीय द्वारा सदनमा पटक पटक आवाज उठाउँदा पनि राज्य निरीह बनेको छ।
देशमा भ्रष्टाचार, बेथिति, बढेर चरम सीमामा पुगेर आम नागरिकहरु पुरानो पार्टीका नेता लाई फालेर देशमा बालेन सरकार ल्यायो तर यो सरकार पनि पहिलाकै सरकार जस्तो अपारदर्शी ढंगले चलेको आम नागरिकहरु लाई लाग्न थालेको छ।
लोकतन्त्र बलियो भयो भने राज्य बलियो हुन्छ राज्यका नागरिक आफ्ना अधिकार सुनिश्चित भएको महसुस गर्छन।
नेपाल प्रहरीको यो हाल भ्रष्टाचार सम्बन्धीको मुद्दा देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुको चासोको बिषय बनेको छ भने वर्तमान सरकारको अग्नि परीक्षा यसले बालेन साह नेतृतवको सरकार लाई न्यायिक नजर द्वारा आम नागरिकहरू देखिरहेका छन।

