६ असोज २०८३, मंगलवार
पर्सा! नेपाल पुलिस स्कुल, गरुडा जिगडिया रौतहटमा बिगत लामो समय २१ वर्ष देखि एकै ठाउँमा बसेका (३) तीन जना प्रहरी नायब निरीक्षक (सई) माथि हेडक्वाटर मौन देखिएको छ।
प्रहरी प्रधान कार्यालय नक्साल लाई खुल्लम खुल्ला रूपमा च्यालेन्ज दिँदै बिभिन्न शक्तिकेन्द्र तथा राजनीतिक भनसुनका आधारमा सिपाही देखि सई दर्जा सम्म अड्डा जमाएर पुलिस स्कुल रौतहट स्कुलमै बसन सफल भएका (बलिया) पावरफुल सईहरु प्रहरी नायब निरीक्षक (सई) राजकिशोर साह, प्रहरी नायब निरीक्षक (सई) बिधया बस्नेत, प्रहरी नायब निरीक्षक (सई) शरधा तिमल्सिना जागिरको २१ वर्षमा पुग्दा समेत संगठनले खटाएको ठाउँमा कहिले दरबन्दी हाजिर नभएका भाग्यमानी जुनियर अफिसरहरु जसले प्रहरी प्रधान कार्यालय नक्शाल (हेडक्वाटर) लाई टेरेनन।
नेपाल प्रहरीको प्रहरी जवान बाट बि सं:२०६२ साल देखि सेवा सुरु गरेका प्रहरी नायब निरीक्षक राजकिशोर साह, प्रहरी नायब निरीक्षक विध्या बस्नेत, प्रहरी नायब निरीक्षक शरधा तिमल्सिना जागिरको २१ औ वर्ष सर्भिस हुँदा समेत अन्यत्र कुनै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी युनिटमा कार्य गरेका छैनन।
जुनियर अफिसर नहुँदा जिल्ला तिर कतिपै युनिटमा संचार तर्फका जु प्र अ लाई ईन्चार्ज खटाइएको छ। तर पुलिस स्कुल रौतहटमा दरबन्दी नभएका सई लाई जागिर खाएका दिन देखि आज सम्म एकै ठाउँमा राख्दा यसले संगठन माथि गम्भिर प्रश्न उपजाएको छ।
प्रहरी नियमावली २०७१ को परिच्छेद ६ (नियम) ६० देखि ७२ सम्म मा प्रहरी कर्मचारीहरुको सरुवा र पदस्थापन सम्बन्धि व्यवस्था गरिएको छ। जस अनुसार हरेक प्रहरीको सरुवा हुने गर्दछ तर पुलिस स्कुल रौतहटको हकमा यो नियम कानुन लागु नहुँदा चौतर्फि आलोचना हुँदै आएको छ। नेपाल प्रहरी भित्र बिभिन्न मिति र समयमा सरुवा हुँदा सिपाही, हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी वरिष्ट नायब निरीक्षकहरुको सरुवा मापदण्ड अनुसार सुगम बाट दुर्गम क्षेत्रमा सम्म हुने गरेको देखिएको छ, प्रहरी प्रमुखको रूपमा आईजीपी दानबहादुर कार्की आए पछि तराई मधेशका जिल्लाहरूमा घुमुवा प्रहरीहरु तथा लामो समयदेखि मधेश प्रदेशमा मात्रै बसेका प्रहरी कर्मचारी लाई अन्यत्र खटाइयो तर पुलिस स्कुल रौतहटको तिनै जना पावरफुल सईहरू एकै ठाउँमा बसेको भन्दै प्रहरीमा चर्चा परिचर्चाको विषय बनेको छ।
प्रहरी प्रधान कार्यालय मातहत रहेका मानवस्रोत विकास विभाग (Human Resorurce Development) संग प्रहरी कर्मचारीहरुको भर्ना पूर्वदेखि अवकास पश्चातसम्मका (pre-recruitment to post -retirment) रेकर्ड राख्ने शाखा आफ्नै प्रहरी कर्मचारीको २१ वर्ष सम्म एकै ठाउँमा बसेको थाहा पाउँन नसक्नु माथि अनेकौ प्रश्नहरू उब्जेको छ।
२०६२ साल देखि २०८३ सम्ममा नेपाल पुलिस स्कुल रौतहटमा एसएसपी देखि आईजीपी सम्म प्रहरी स्कुलमा निरीक्षणमा जाँदा आउँदा समेत जानकारी नहुँदा यसले निरीक्षण अनुगमन कति फितलो हुँदा रहेछ भने कुरा प्रमाणित गरेको छ।
मधेश भयुज्ज डटकम लाई नाम गोप्य राख्ने शर्तमा एक जना प्रहरी सहायक निरीक्षकले भने म पनि प्रहरी हु।
बि सं:२०५५/०५/०१ गते भाद्रको भर्ती हो।
जागिरको दौरानमा अहिले सम्म १३ ठाउँमा पुगे तर पुलिस स्कुल रौतहटको सईहरु कसरी २१ वर्ष सर्भिस हुँदा समेत स्कुल छोडेर अन्यत्र खटेका छैनन। फिल्डमा खटिएका सिपाही हवलदार लाई नियम कानुन लागु हुने जुनियर अफिसर लाई लागु नहुँने यो कस्तो खालको सुशासन हो। पहिला पहिला कांग्रेस एमाले सरकार हुँदा प्रहरी माथि राजनीतिक दलका दबाव हुन्थ्यो अहिले छैन। यो सब हेडक्वाटर भित्र सरुवा हेर्ने शाखामा कार्यरत रहेका केही प्रहरी कर्मचारीको बदमासी हो।
हालका आईजीपी दानबहादुर कार्की आईजीपी हुन साथ प्रहरी भित्र एउटा महत्त्वपूर्ण निर्णय गरे “जो बढुवा हुन्छ” सम्बन्धित दरबन्दी हाजिर भएर फुली लाउँछ तर पुलिस स्कुल रौतहटमा यो नियम कानुन लागु भएको देखिँदैन प्रहरी सहायक निरीक्षक पद बाट प्रहरी नायब निरीक्षक सई पदमा बढुवा भएका पात्रले खोइ दरबन्दी हाजिर भएको यो विभेद हो यो हट्नु पर्छ।
विबादै बिबादको घेरामा बसेर सईहरु त्यहाँ पढाउने कार्य समेत गरिरहेका छन प्रहरी प्रधान कार्यालयले खोलेको हस्पिटलमा प्रहरी डाक्टर पद खुलाएर भर्ना लिन्छ प्राविधिक तर्फ प्राविधिक भर्ना लिन्छ तर पुलिस स्कुल रौतहटमा साधारण लेखपढमा जागिर खाएका सिपाही बाट बढुवा हुँदै सई दर्जा प्राप्त तिनै जना सई त्यहाँ गणित, नेपाली, अग्रेजी पढाइरहेको पुष्टि विद्यालयमा जडान)सि सि टिभी) फुटेज प्रमाणित गर्दछ। कानुन लाई हेर्ने हो भने प्रहरीले प्रहरीको काम कारवाही गर्ने हो प्राविधिक तर्फ आएर शिक्षकको काम गर्नु हुँदैन।
बिभिन्न मिति तथा समयमा प्रहरी प्रधान कार्यालय मातहत रहेका उजुरी शाखामा उजुर परेको कुरा नाम गोप्य राख्ने शर्तमा त्यहाँ कार्यरत रहेका प्रहरी कर्मचारीहरु बताउँछन। कहिले माथिल्लो तहका कर्मचारी लाई घर बनाउन इटाको व्यवस्था मिलाउने सई साहब त कहिले स्कुलमा उच्च अधिकारीहरु आउँदा खाजा नास्ताको व्यवस्था मिलाउने काममै व्यस्त रहने गरेका छन। देखाउनको लागि एक घन्टी पढाउने काम गर्छन हल्लेर जागिर खाइरहेका छन।
प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका एक जना सिनियर प्रहरी अधिकृत नाम गोप्य राख्ने शर्तमा भने यो सबै बदमासी त्यहाँको प्रहरी निरीक्षकको हो लाभको लोभमा त्यहाँ कार्यरत रहेका सई लाई राखिएको बुझिएको छ जुन नियम कानुन विपरीत छ

