दशैंका बेला गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति उपहार

  |

बर्दिबास : बडादशैं पर्वको बीचमै महोत्तरीको बर्दिबास नगरक्षेत्रका छ जना गरिब तथा मेधावी छात्रछात्राले प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि छात्रवृति पाएका छन् । पद्म शम्शेर प्रतिष्ठान बर्दिबास-१ ले नगरक्षेत्रका बासिन्दा रही आफ्नै नगरक्षेत्रकै विद्यालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई पूणर् छात्रवृति प्रदान गरेको हो । छात्रवृति पाएपछि अब आर्थिक अभावले आफ्नो अध्ययन नरोकिने छात्रछात्राको भनाइ छ । दशैं पर्व लागेपछि पाएको छात्रवृतिले सबैभन्दा मूल्यवान कुरा उपहार पाएको अनुभूति भइरहेको छात्रछात्राले बताएका छन् ।

“मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन” बर्दिबास-१० खयरमाराकी जसोधाकुमारी मण्डलले भन्नुभयो, “मेरो लागि छात्रवृति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो होटल व्यवस्थापन विज्ञ बन्नेछु ।” अत्यन्त गरिब परिवारकी मण्डलले बर्दिबास-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधक शिक्षालयमा होटल म्यानेजमेन्ट विषयको डिप्लोमा तह पठनपाठनका लागि प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सिटिइभिटी) बाट नामाङ्कनको स्वीकृति पाउनु भएको छ ।

छनाैट समितिकाे घर भिजिट : दृश्य नेपालवाणी

यसैगरी खयरमाराकै अत्यन्त गरिब परिवारकी दिनिता देवकोटाले पनि सोही शिक्षालयमा रेडियोग्राफी विषयको स्नातक तहको पठनपाठन र अभ्यासका लागि प्रतिष्ठानबाट पूणर् छात्रवृति पाउनु भएको छ । “रहर हुँदाहुँदै घरको गरिबीले पढ्न पाइएलाजस्तो लागेको थिएन”देवकोटाले छात्रवृतिमा छानिएपछि खुशी व्यक्त गर्दै भन्नुभयो, “अब प्रतिष्ठानले ढुक्क बनाएको छ, दत्तचित्तसाथ पढेर राम्रो नतिजा ल्याउँछु ।”

प्रतिष्ठानबाट यसपालि बर्दिबास-३ की कविता चौंलागाँई र जेनिसा तामाङ्ले क्रमशः पशुविज्ञान र बालीविज्ञानमा स्नातकतहको अध्ययन गर्न प्रतिष्ठानबाट पूणर् छात्रवृति पाउनु भएको छ । चौंलागाँई र तामाङ्ले उहाँहरुले नै रोज्नुभएको प्राविधिक धारको पठनपाठन सञ्चालन गर्दै आएको जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडामा पढ्न पाउनुहुने भएको छ । त्यसैगरी बर्दिबास-६ का रविनकुमार साह र बर्दिबास-७ का मनिषकुमार महतोले क्रमशः सिभिल इञ्जिनियरिङ्ग र कम्प्युटरविज्ञान विषयका लागि स्नातकतहको अध्ययन गर्न पूणर् छात्रवृति पाउनुभएको प्रतिष्ठानले जनाएको छ । उहाँहरु दुबैले बर्दिबास-६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा अध्ययनको स्वीकृति पाउनुभएको छ ।

 

“मैले पढ्ने रहरले नामाङ्कनका लागि छात्रवृतिका लागि आवेदन त भरें” सिभिल इञ्जिनियरिङ्ग विषयमा अध्ययनका लागि छात्रवृतिको घोषणा गरिनुभएका रविनकुमार साहले भावविह्वल हुँदै भन्नुभयो, “आपूmजस्ता गरिबले पढ्न पाउने कुरामा भने आश थिएन, तर मैले सिटिइभिटी (योग्यता जाँच परीक्षा उतिणर्) र प्रतिष्ठान दुबै ठाउँबाट अवसर पाएँ ।” मुख्य पक्ष पठनपाठनका लागि लाग्ने पुरै शुल्क प्रतिष्ठानले ब्यहोरीदिने भएपछि साह अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले दङ्ग पर्नु भएको छ ।

प्रतिष्ठानले शैक्षिक सत्र २०७७ देखि बर्दिबास नगरक्षेत्रका बासिन्दा रही यसै नगरक्षेत्रका प्राविधिक धारका विद्यालयमा पठनपाठन गर्न बर्षेनि ११ जना छात्रछात्रालाई पूणर् छात्रवृति उपलव्ध गराउने घोषणा गरेपनि यसपालि तोकिएको आर्थिक र शैक्षिक अवस्था (विषयप्रतिको रुची, लगन र ज्ञान) को मापदण्डमा छ जनामात्र योग्य पाइएको हो । छात्रवृति रकम दशैं विदा सकिएलगत्तै प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानबाट पहिलो वर्ष (२०७७) मा ११ जना र गतवर्ष (२०७८) मा छ जनाले पूणर् छात्रवृति पाएर अध्ययन जारी राखेका छन् ।

विज्ञसम्मिलित सात सदस्यीय छनौट समितिले लिखित परीक्षा उतिणर् गरेका सबै आवेदकको घरपरिवारको स्थलगत अनुगमन गरेर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृति दिने निणर्य गरेको प्रतिष्ठानले जनाएको छ ।

“इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख, बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख, नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा र बर्दिबास नगर पत्रकार सञ्जालका प्रतिनिधि र विषय विज्ञसम्मिलित छनौट समितिले निणर्य गर्छ” प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का भन्नुहुन्छ, “आर्थिक कारणले नै शिक्षाको अवसर गुमाउन नपरोस् भन्ने सोचले प्रयत्न थालिएको हो ।” बर्दिबासस्थित होटल विनायकका सञ्चालक खड्काले होटलको मुनाफाभित्रको निश्चित प्रतिशत रकम प्रतिष्ठानमा जाने नियमित व्यवस्था गरेपछि छात्रवृति सञ्चालनमा आएको हो । विगतमा आर्थिक अभावकै कारण आफ्नो पढ्ने इच्छा पुरा नभएको सम्झनाले अहिले केही सामाजिक काम गर्नसक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालेको प्रतिष्ठानका अध्यक्ष खड्काको भनाइ छ ।

दृश्य नेपालवाणी

“मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन बढाउन सकिन” खड्काले भन्नुभयो, “अहिले मेहनतले केही खर्च गर्नसक्ने भएको छु, त्यसैले स्वर्गीय पितामाताको नाउँमा प्रतिष्ठान स्थापना गरेर छात्रवृति कोषमार्फत शैक्षिक काम थालेको हुँ ।” गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाइमा सहयोग पुर्‍याउन पाउँदा आपूm सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोस र आनन्द लाग्ने गरेको खड्का बताउनुहुन्छ ।

प्रतिष्ठानसँगै बर्दिबासमा सानिमा बैङ्कको शाखा र बर्दिबास हेल्प फाउण्डेशनले पनि गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृति दिदैछन् । फाउण्डेशनले गत वर्षदेखि नै पूणर् र आंशिक छात्रवृति दिन थालेको छ । बैङकले भने यसपालिदेखि दुई जनालाई पूणर् छात्रवृति प्रदान गर्ने निणर्य गरेको छ ।

बर्दिबास नगरक्षेत्रमा शिक्षाको प्रसारमा यी सामाजिक सङ्घसंस्थाको योगदानले दक्ष जनशक्ति विकासमा सहयोग पुगेको बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका प्रमुख (शाखा अधिकृत) गणेशप्रसाद दाहालको भनाइ छ ।