जनकपुरधाममा बलिप्रथाको विरोध

  |

जनकपुरधाम : राजा विदेह जनकको पवित्र सन्त नगरी पावन भूमि जनकपुरधामको विश्व प्रसिद्ध गरिमा बलिप्रदानका कारण धुमिल हुन लागेकामा साधु सन्त समाजले विरोध प्रदर्शन गरेको छ।

विश्वभरिका सबै धर्म, सम्प्रदाय, जात तथा संस्कृति मान्नेहरूको आकर्षणको केन्द्र जनकपुरधाम जस्तो पवित्र स्थलमा भगवान तथा देवी देवताको नाममा हुने बलिप्रथालाई रोक्न माग गर्दै साधु सन्त समाजले विरोध प्रदर्शन गरेको हो।

विदेह राजा जनकको सन्त, तपस्वी, दार्शनिक नगरीले सेवा गरेको, ज्ञान् सिकाएको विदेह बन्न भूमि जनाएपनि देवी देउताको नाममा क्रुरतापूर्वक बलि प्रदान निकृष्ठ कार्य भएको सन्त सत्यनारायण ‘आलोक’ले बताए। उनले भने, ‘राजा जनकको भूमिमा शिक्षा र सन्देश जनकजी महराजले सिकाउनु भएको थियो। तर यहाँ पशुवली दिइँदैछ। यसलाई तुरुन्त बन्द गरियोस्।’

bali_pratha_birodh_janakpur_dham_madheshpradesh_nepalvani_1

संसारले स्वीकार गरेको साधु र नमुना राजधानी जनकपुरधाम साधु सन्तहरूको आफ्नो साधना केन्द्र मानेर ध्यान ज्ञानका श्रोत केन्द्र मानिएपनि अहिले निमुखा पशुको बलिले जनकपुरको रौनकता हराएको स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको कथन थियो।

bali_pratha_birodh_janakpur_dham_madheshpradesh_nepalvani_1

नेपालीले भने, ‘यो पवित्र नगरीमा हजारौं निमुखा पशुको बाजागाजाका साथ बलि राजदेवि माताको पूजाको नाममा चढाइन्छ। जुन निकृष्ठ कार्य हो। पशुबलि शस्त्रको विरोधी पूजा हो। सन्त र शान्ति विरोधी क्रियाकलाप हो।’

पशुबलि बन्द गर्न माग गर्दै ब्रह्म कविर उपासक समाज धनुषाले जनकचोकमा विभिन्न शक्तिपीठमा हुँदै आएको बलिप्रथाको विरोध गर्दै बन्दको माग गरेका थिए।