काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने आज बिहान १० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नेभएपछि नेपाल प्रहरीले पक्राउको तयारी गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले लामिछानेलाई नियन्त्रणमा लिनेछ ।
सन्दिपले आफूले आत्मसमर्ण गर्न लागेकाले विमानस्थलबाट नियन्त्रणमा लिँदा हतकडी नलगाउन प्रहरीलाई पठाएको चिठीमा उल्लेख गरिएको स्रोतको भनाइ छ ।
प्रहरी प्रवक्ता राईले सीआईएनसँग कुराकानी गर्दै भन्नुभयो, ‘हतकडी कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाए पाएका कैदीलाई माग्न नपावस् भन्नका लागि लगाइने हो । उनले आत्मसमर्पण गर्छु भनेकाले नलगाउन पनि सकिन्छ ।’
यद्यपी हतकडी लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरिरहेको अधिकृतले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।
सन्दिपमाथि एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध प्रहरीमा भदौ २१ गते जबरजस्ती करणीको जाहेरी परेको थियो ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सन्दीपलाई नेपाल क्रिकेट सङ्घले नेपाली क्रिकेटको कप्तानबाट निलम्बन गरेको थियो ।