एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको विकास बुलेट टे«न जस्तै हुने बताएका छन् । मधेस प्रदेशसभाले शनिबार आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा गरेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले भने, ‘मधेश सरकार हिजो बल्ल पुर्णता पायो, आज प्रदेशसभाको बार्षिकोत्सव कार्यक्रम परयो अव भोली विहानै मन्त्री र सचिवहरु संग बसेर भोली देखिनै सरकारको काम बुलेट टे«नको जस्तो तिव्र गतिमा आगाडि बढ्छ ।’
उनले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाडने समेत पुन दोहराएका छन् । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफनो मुख्य प्राथमिकतामा रहेको उनको तर्क छ । विगतमा सभामुख हुँदा सम्पुर्ण माननियको सहयोग र सदभावले आफुले एन कानुन मात्र नभई प्रदेशको नाम र राजधानी जस्तो संवेदनशिल विषय समेत सहमतीमै पारित गराउन सफल भएको बताउदै उनले यस कार्यकालमा पनि सहयोग र सदभाव पाए राम्रो काम गर्ने बताए ।