राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी अर्यालको उम्मेदवारी

  |

काठमाडौं, २२ माघ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक बनेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेकोले अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।