पर्सा २०८०/०१/२४
सशस्त्र प्रहरी बल १३नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको कमान्डमा खटिएको गस्ती टोलीले बिन्दवासनी गापा स्थित गर्दौल बाट तस्करीको १४ वटा भैंसी नियन्त्रणमा लिएको छ।त्यसैगरी जिल्ला पर्सा बहुदरामाइ न पा २ तिलावे खोलामा ५१वटा भैंसी नियन्त्रणमा लिएको छ।यो भैसिको अन्दाजी बजार मूल्य पैतिस देखि चालीस लाख अनुमान गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया १३नम्बर गणको प्रमुखको रूपमा आए देखि तसकरी नियन्त्रणमा लागिपरेको कुरा कामले प्रमाणित हुँदैछ।सशस्त्र प्रहरी उपरीक्षक तोडेर छोडे भैंसी तसकरिको सम्राज यति ठूलो सख्यामा तस्करीको भैंसी समातेको यो पहिलो घटना हो।पर्सा जिल्लामा भैंसी तस्करी गर्ने २वटा गिरोह छ।जो जुनसुकै मार्फत बाट आफ्नो धन्दा लाई निरन्तरता दिदै आइरहेको समुह यस् पाली सशस्त्र प्रहरीको कडा कडाइको कारण यो भैंसी बरामद भएको बुझिएको छ।आखिर किन हुन्छ भैंसी तस्करी भैसि तस्करीको एउटा् जालो छ जो भारत बाट नेपाल पुर्याउछ।र नेपालमा एउटा् समुह छ जो तस्करी गरि नेपाल भित्राइएको भैंसी नेपालको विभिन्न ठाउँहरुमा पठाउने गरेको छ।यसरी तस्करीको माध्यम बाट आएको एउटा् भैसीमा तसकर लाई बीस देखि तीस हजार नाफा हुनेगरेको छ।तथा राज्य लाई घाटा यो भैंसी तस्करीले भन्सार छलेर राज्य लाई समेत घाटा पुर्याउदै आइरहेका छन
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy