तराईबासी प्रहरी अधिकृतकै कारण नागरिक प्रहरी सम्बन्ध बिगि्रएको छ

२०८०/०४/०७
पर्सा
मधेसी प्रहरी अधिकृतको कारण २ नम्बर प्रदेशमा आम नागरिक र प्रहरीको सम्बन्ध बिगि्रएको छ।नेपाल प्रहरी सग अहिले नागरिक रुष्ट बनेको विभिन्न घटना क्रमले देखाएको छ।नेपाल प्रहरी नागरिकको सेवक हो।प्रहरी नागरिकको जिवधन,शान्ति ,सुरक्षा गर्नको निमित्त खटेका हुन्छ।तर तराइकै केही जिल्लाहरुमा प्रहरी बिरोध आन्दोलन त कहिँ प्रहरी लाई कुटपिट समेत भएको पाइएको छ।आखिर किन तराई बासी प्रहरी अधिकृत सग ताराको नागरिक रुष्ट बनेका छ्न।विभिन्न दृष्टि कोण बाट हेर्दा तराईबासी अधिकृत तराईमा आफ्नो रवाब देखाउछन।नागरिकको काम गर्दैनन् राम्रो शीत गुनासो सुन्दैन्न।यस्को जल्दाबल्दा उदाहरण हो जिल्ला प्रहरी कार्यालय बारामा उजुरी छानबिन फाटका प्रहरी निरीक्षक रुपेश साह्को कारण आन्दोलन समेत भयो।प्र नि रुपेश नागरिकको गुनासो सुन्नुको सट्टा धम्काउने काम बढी गर्थे।अधिकृत भए पनि बोली एक्दम रफ थियो।त्यही कारण रुपेश भागनु पर्यो जिल्ला प्रहरी कार्यालय बारा बाट रुपेशको अन्यत्र जिल्लामा दरबन्दी थियो चाकरी गरे बारामा बसेका थिए।यस्तै अर्को पात्र हुन ईलाका प्रहरी कार्यालय गरुडाको तत्कालीन कार्यालय प्रमुख डिएस्पि गयान कुमार मह्तो।महतो ईलाका इन्चार्ज हुँदा प्रहरीको चर्म यातनाको कारण एक जाना नागरिकको मृत्यु भयो।त्यस्मा ठुलो आन्दोलन भयो राता रात जिल्लाको एसपी र डिएसपी फेरियो।केही निलम्बन समेत भए अहिले उक्त घट्नाको मुद्दा समेत किनार लागेको छैन।त्यहीँ मुद्दामा अन्य प्रहरी कर्मचारी निलम्बित छन् तर प्र ना उ जागीर खादैछ्न।पुर्ब प्रहरी प्रमुख धिरज सिहको आशिर्वादको कारण महतो बचेको देखिन्छ ।अर्को कान्ड छ जिल्ला महोत्तरीमा डिएसपी लाई कुटपिट गरि खुटा फेकचर भएको छ।डिएसपी चन्देश्वर यादव लाई कस्ले किन कुटपिट गरे भने यो कुरा प्रहरीको लागी एउटा् अनुसन्धानको विषय बनेको छ।प्रदेश प्रहरी कार्यालय बाट छानबिन टोलि समेत गठन भएको छ।मधेसमा प्रहरी र नागरिक बीच सुमधुर हुन नसक्नु मुख्य कारण हो।पेशा बिपरित प्रहरीले काम गर्नु दलको नेता लाई खुशी पार्न।नागरिक मैत्रीपुर्ण काम नगरी आम नागरिक लाई दु:ख दिनु।नाम नबताउने शर्तमा एक जाना प्रहरी अधिकृत भन्नु भो प्रहरी प्रमुखले यस्तो कुरा हटाउनको लागि तीन पुस्ते देखेर पुरानो लाई हटाउनुपर्ने हो।राम्रो अधिकृत लाई जिम्मेवारी दिनुपर्ने हो।तर शक्तिकेन्द्र बाट जो आउँछ उ राम्रो काम गर्दैन।ग्रामीण भेग तिर चौकी इन्चार्ज समेत माग्न नागरिक यताको लाई माग्दैन।आखिर सबै प्रहरी एउटै तालिम पाएका हुन्छ।तर प्रायः चौकीमा नागरिकले तराई बासी प्रहरी लाई लाइक समेत गर्दैनन्।