नगर प्रमुख एवम् वडा अध्यक्षको गैह्र जिम्मेवारीको कारण नागरिक लाई सास्ती

  |

२०८०/०४/२३ पर्सा
पर्सा जिल्लाको दोस्रो सदरमुकाम को रूपमा रहेको पोखरीया नगर पालिका अन्तर्गतको वाडाहरुमा बाटो समेत राम्रो नरहेको कारण यात्रुलाई सास्ती हुनेगरेको छ।पानी परे पछि पोखरया बाट धोरे जाने बाटो हिंड्न् नसक्ने भएको छ।पोखरीया नगर पालिकाको ४ नम्बर वाडामा पनि साइकलमा हिड्न गाह्रो भएको छ।मुख्य सडकको यो हालत छ भने भित्र भित्रको बाटो तथा अन्य बिकास कस्तो भएको होला भने सहजै अनुमान् गर्न सकिन्छ।हाम्रो टिम नागरिकको गुनासो आए पछि पोखरीया नगर पालिकाको अर्को वाडा श्रीसियामा पुगेर हेर्दा अवस्था बिजोग थियो।मेन रोडमा आवतजावत गर्न गाह्रो छ श्रीसिया स्थित पुलवाटोलाको पनि हाल्त उस्तै थियो।नगर पालिका भएको यति वर्ष भइसकयो तर मुख्य सडकको बिकाश समेत नभएकोमा कस्तो दुर्भाग्य।निर्वाचित जन्प्रतिनिधीहरुको गैह्र जिम्मेवारीको कारण यात्रुलाई सास्ती हुने गरेको छ।ग्रामीण क्षेत्रमा रातीको समयमा कसैले होसपिटल लगनु पर्यो भने गार्‍हो छ।आखिर पोखरीया नगर पालिकाको यी वाडहरु मात्रै होईन अन्य वाडाको अवस्था पनि यस्तै छ।चुनावका बेला नागरिक सग गरेको बाचा किन पुरा गर्न सक्दैनन् नगर प्रमुख तथा वाडा अध्यक्ष कहिले सम्म नागरिक लाई झुठो आश्वासन मात्रै।प्रायः मेयर तथा वाडा अध्यक्ष आफुले कति बढी सुबिधा लिने आफ्नो मात्रै हेर्ने यो प्रवृत्तिको कारण बिकाश गर्न सकिरहेका छैनन्।यस् online ले पोखरिया नगर पालिकाको सूचना अधिकारी सग यो बाटोको विषयमा सोध्दा वहाँको उतर थियो अहिले बजेट आएको छैन।यति मात्रै होईन सेवाग्राही काम विशेषले कार्यालय जादा कहिले को नबस्ने त कहिले को यस्तो यस्तो समस्या समेत सेवाग्राहीलाई झेल्नुपरेको छ।