सिरहामा व्यापक तसकरी एसपि मौन,तसकरहरु हर्सित

  |

असोज ०६/१३ उदेश पाण्डे
जिल्ला प्रहरी कार्यालय मातहत पर्ने माडर एरियाबाट ६:२० बाजेको समयमा जिल्ला सिरहा नगर पालिका वार्ड नम्बर १५ सुक्चैना भने ठाउँमा राजस्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी निरीक्षक सयाम सुन्दर नान्जु र प्रस्तावित सिमा सुरक्षा गुल्म माडर बाट सशस्त्र प्रहरी उपरीक्षक “डिएसपी” को कमान्ड खटिएको टोलिले राजस्व छली तसकरीको माध्यम बाट लाएको कपडा तथा अन्य समान अन्दाजी ४५/५० लाख मुल्य अनुमान गरिएको समान बरामद गरेको छ।
अहिले यति ठुलो मात्रामा तसकरीको समान राजस्वकार्यालयले बरामद गर्दा जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक टेकु नन्दन लिम्बू माथि ठुलो प्रश्न उठेको छ।यति धेरै मुल्यको समान कारोबारीले नेपाल भित्र्याउदा जिल्ला प्रहरी र अन्य मातहत लाई नमिलीइ लाउन सक्दैन।
यस् भन्दा पहिला पनि प्रहरी चौकी ठाडिको मिलोमतोमा भन्सार छली भित्राइएको प्याकेज र अन्य समान जिल्ला प्रहरी कार्यालय हेटौंडाले समातदा प्रहरीको मिलोमतो देखिएको थियो ।तर प्रहरी उपरीक्षक आफू जोगिन लाई मात्रै देखाउनको लागि त्याहाको इन्चार्ज पुरुसुतम सुवेदी लाई हटाएर अर्को सइ लाई जिम्मेवारी दिए।
प्रहरी उपरीक्षक टेकु नन्दन लिम्बू आए देखि सिरहामा तसकरी बढेको छ।एसपि तदारुकताको साथमा काम गर्दैनन् काम भन्दा पनि दाम कमाउन तर्फ लागेको कुरा स्थानीयले बताउँछन् ।अबको ७/८ महिनामा अनिवार्य अवकाश जान लागेका लिम्बु आफ्नो मातहतका कुनै पनि इन्चार्ज लाई अनुसासित राख्न सकेका छैनन् जिप्रका भित्र उजुरी तथा मुद्दामा आउने सेवाग्राहीलाई समेत प्रहरीले राम्रोसँग सेवा दिन सकेको छैन।जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी डिएसपी लाई माडर एरियामा बाट राजशव कार्यालय समान नियन्त्रणमा लिएको कुरा यस “अन्लाईनका सम्पादकले सोधदा”डिएसपीको जवाफ् थियो “यो खबर म लाई थाहा छैन”यस्तो गैर जिम्मेवार उतर दिने प्र ना उ माथि प्रहरी प्रधान कार्यालयले समेत समयमा धयान पुर्याउन जरुरी छ।
जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत माडर बाट ऐ ….ऐ….नाम गरेको कारोबारी आफ्नो तसकरिको लाइन चलाइरहेका कुरा यस् अन्लाईन लाई खबर प्राप्त भएको छ।
१ राम एक्बाल दास कपडा
२ उपेन्द्र साह
३ प्रमोद यादव
४ लक्ष्मी साह
५ दिलिप
६ बाबा भन्ने देव्नाथ
७ राम्सेवक
८ कलिम,मोना झर्कली,मोहन ,काली,नन्दा
यिनिहरु कपडा किराना तथा आलुपयाज
मोबाइल तथा इलेक्ट्रोनिक समान्हरु
कमल साह अन्कित,सेन,सुरज नन्दु
गोरू ब्यपारी नौसाद आफ्नो कारोबार गर्न जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख देखि चौकी इन्चार्ज सम्म पैसा दिएर आफ्नो कारोबार संचालन गरिरहेका सूचना छ।यो सबै कुराको बारेमा बुझ्न् खोज्दा प्रहरी उपरीक्षक टेकु नन्दन लिम्बु हाम्रो फोन उठाएन्न।त्यस् पछि उक्त जिल्लाको सूचना अधिकारी लाई सोध्दा आफू लाई केही थाहा छैन।भनेर पन्छाएर फोन राख्नु भो।विभिन्न मिति र समयमा हाम्रो यस् मदेश भिउज अन्लाईनले जिल्ला प्रहरी कार्यालयले गरेको कामको बारेमा नागरिक सग सोधदा नागरिकको ज्वाफ प्रहरी सग असन्तुष्ट रहेको कुरा हामी बुझेका छौ।नाम नबताउने शर्तमा एक जना अधिकृतले भन्नुभएको अहिलेको एसपिको कमान्ड एकदम कम्जोर छ।प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले किन चेन्ज गर्दैन बुझ्न् गाह्रो छ।