“अंतर जातीय प्रेम सम्बन्धले लियो ज्यान “अभियुक्तहरु प्रहरीको फान्दामा

  |

असोज ०६/१५ गते
उदेश्य पाण्डे
सप्तरीको खड्क नगरपालिका ११ बनौलिमा प्रहरीले पोखरी बाट शव फेला पारेको १८ वर्षको मोहम्मद अजिम मुदिन्को रहेको पुस्टि भएको छ।
घटना २०८०/०५/२१ गते मोहम्मद अजिम हराएको निवेदन ईलाका प्रहरी कार्यालय कल्याणपुरमा आउँछ।जाहेरी आउन साथमा ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक शुभेश अधिकारी तदारुकताका साथ ऐ ऐ हुलिया बारे आफ्नो मातहतका युनिटहरुमा सर्कुलर जारी गरि खोज तलासमा लागन आदेश दिए तथा आफ्ना माथिल्लो सम्बन्धित निकायमा जानकारी गरि एक असल कमान्डरले गर्नुपर्ने तत्काल उपाय सबै लाएर खोज तलास सुरु गरे।खोजतलास र निजको हुलिया बुझ्दै जादा १८ वर्षको मोहम्मद अजिमुदिन कृष्ण अस्ठमिको मेला हेर्न गएको र त्यहीँ बाट हराएको।कुरा बुझिएको थियो ।

त्यस् पछि प्रहरी अनुसन्धान गहनरूपमा गरिरहेका प्रहरी निरीक्षक कल्याणपुरका इन्चार्ज अनुसन्धान लाई “Evidence based investigation “गरे गर्दै जादा निज मृतकको “Love affair “त्यहीँ स्कुलमा पढ्ने ऐ.. ऐ….परिवर्तित नाम्को केटी सग प्रेम रहेको कुरा खुल्न आयो केटा मुस्लिम र केटी हिन्दु रहेको यो अंतर जातीय प्रेम सम्बन्धको कारण केटाको मृत्यु भएको कुरा रित पुर्ब्क अनुसन्धानमा खुल्यो।

राम प्रसाद यादव मुख्य आरोपित छोटेलाल भन्ने धर्म देव साह प्रेमिकाको आमा बिना कुमारी लाई प्रहरी नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान गरिरहेको छ।
यो घटनाको सफल अनुसन्धानले गर्दा ठुलो दुर्घटना हुन बाट बचेको छ।अहिले हिन्दु मुस्लिमको दगा चलिरहेको बेला यो विषयलाइ लिएर ठुलो भिडन्त हुने अवस्था थियो तर प्रहरीको सफल अनुसन्धानले गर्दा अभियुक्त पक्राउ समेत परेकोले प्रहरी अहिले बधाईको पात्र बनेको छ।कल्याणपुर इप्रका इन्चार्जले प्रमाणित गरेका छन् Right Commander Right Place मा भयो भने नागरिक सुरक्षा गर्नुको साथ साथै नागरिक लाई उसको असल साथी हो भने पनि उदाहरण पेश गरेको छ यो सफल अनुसन्धान।उक्त एरियामा अहिले प्रहरी लाई खुलेर नागरिकले प्रसंशा गरिरहेका छन्