प्रहरी उपरीक्षकको काज दुई जना जिल्ला इन्चार्ज फेरिए

  |

असोज २५ उदेश पाण्डे
प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । जिल्ला इन्चार्ज रहेका २ जना एसपीलाई हटाएर अन्यलाई खटाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा सुवास चन्द्र बोहरा र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा फिर्ता बोलाइएको छ भने सर्लाहीमा कार्यरत नरेशराज सुवेदीको पनि प्रधान कार्यालयमा काज भएको छ ।

उनीहरुको १ बर्ष नपुग्दै सरुवा भएको हो ।

सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कफ्र्यू लगाइएको थियो । हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।

सर्लाहीमा पनि हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो ।

हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो