२०८०/०६/२७ गते
उदेस पाण्डे
मानिकपुर पर्सा
जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अहिले धेरै चर्चामा छन् ।चर्चा पनि किन नहोस् ।अहिलेको गृहमन्त्री नारायण काजी श्रेष्ठ एक कुशल इमानदार गृहमन्त्रीको रूपमा चिनिने हालका प्रहरी महानिरीक्षक पनि बोल्ड कमान्डर र प्रष्ट दुबैजना भ्रष्टाचारका बिरोधि ।तर सिरहा जिल्लामा बरामद तसकरीको समान्ले गर्दा अहिले चौतर्फीक आलोचना हुन थालेको छ।जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एसपी टेकु लिम्बू सग जिल्ला चल्न सकेको छैन ।कमान्ड कन्ट्रोल एकदम कम्जोर देखिएको छ।
एसपी लिम्बू जिल्ला प्रहरी कार्यालय सिरहा आए देखि तसकरी मौलाएको छ।जिल्लामा प्रहरीले गर्नुपर्ने कार्य राम्रोसँग सम्पादन हुनसकेको छैन ।सिरहा प्रहरीको मिलोमतोमा छोडिएको तसकरीको समान अन्य प्रदेशको प्रहरीले समातेर बुझाउदा सिरहा प्रहरीको पोल खुलेको छ।यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहाले तसकरीको व्यापक लाइन दिएको खबर इटहरी राजस्व कार्यालयले सूचना पाएर छापा हान्दा अन्दाजी ४ देखि ५ करोडको समान फेला परेको थियो ।यति ठुलो मात्राका तसकरीको समान बिना प्रहरीको मिलोमतोमा लाउन सकिदैन ।
यति ठुलो मात्रामा समान बरामद हुदा पनि सिरहा एसपी लाई तानिएको छैन अहिले एसपी लाई जोगाउने खेल सुरु भएको छ।प्रहरीमा जहिले पनि काखा पाखा हुने गरेको छ।कोइ राम्रो काम गर्दागर्दै तानिन्छ्न कोइ आरोप लागदा पनि जोगाइन्छ।ठिक अहिले सिरहाको एसपीको रवौयाको कारण गृहमन्त्री र प्रहरी महानिरीक्षक समेत आलोचित हुन पुगेका छन् ।प्रहरीमा पुरस्कार र दण्ड दुबै ब्यस्था छ राम्रो लाई पुरस्कार तथा नराम्रो कार्य गर्ने लाई सजाय अर्थात कार्वाही तर सिरहा एसपीमा त्यो कानुन लाग्दैन सिरहामा पक्राउ परेको समान बाट प्रष्ट हुन्छ त्याहा तसकरी बिना प्रहरीको मिलोमतोमा हुन्सक्दैन।
सिरहामा राजस्व कार्यालय इटहरीले छापा मार्दा तसकरीको समान बरामद हुन साथ सशस्त्र प्रहरीको जिल्ला इन्चार्ज एसपी र बोडर आउट पोस्टका इन्चार्ज डिएसपी लाई जिम्मेवारी बाट हटाइएको छ।तर नेपाल प्रहरीमा शक्तिकेन्द्रको पावर,आशिर्वादको कारण जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख टेकु लिम्बू लाई जिम्मेवारी बाट हटाइएको छैन ।यो घटना लाई आम नागरिक बुद्धिजीवी समाज सेबि गहिरो रूपमा देखिरहेका छन् गृह प्रशासन प्रहरी प्रधान कार्यालय यस्मा ठोस निर्णय लिन जरुरी छ।केहि उच्च पदस्त ब्याक्तीहरु सग सिरहा एसपीको चिन्ताजन भएको कारण जोगाइदै छ भने प्रहरीमा कुरा उठाउन थालेको छ।
मधेस प्रदेशमा राम्रो कार्य गर्दागर्दै सर्लाहीको एसपीको सरुवा भएको छ।तर सिरहामा व्यापक तसकरी हुदा समेत गृहमन्त्री प्रहरी महानिरीक्षकले सिरहा एसपी टेकु लिम्बू लाई जोगाउनमा लागेको कुरा प्रति सम्पुर्ण जन्मान्स आक्रोशित छन् प्रहरीमा भित्र भित्रै चर्चा चल्न थाले छ।आइजी साहेब सिरहाको एसपी लाई तान सक्दैनन् उसको माथि ठुलाबडाको आशिर्वाद छ।नाम नबताउने शर्तमा एक जना प्रहरी अधिकृत भन्नु भो सिरहा प्रहरी अहिले चारैतिर बाट आलोचित भएको छ।एसपी लाई तुरुन्तै तान्नु पर्ने हो तर आइजी लाई डर छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy