सिरहा एसपीलाई कार्वाही किन भएन गृहमन्त्री ज्यु,आइजिपी साहेब लाई कुन शक्ति केन्द्रले रोक्यो

  |

२०८०/०६/२८ गते
पर्सा
जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक टेकु लिम्बू अहिले बिबादमा तानिएका छ।एसपी माथि धेरै प्रश्न उठ्न थालेको छ।बारम्बार राजस्व कार्यालय इटहरी छापा मार्दा सिरहा बाट तसकरीको करोडौं रुपैयाँँको समान बरामद भएको थियो त्यस् पछि सिरहा प्रहरीको मिलोमतोमा तसकरी भएको कुरा छर्लङ्ग हुदै गयो।जिल्ला प्रहरी कार्यालय मातहतमा ४० वटा प्रहरी युनिट छ।यिनै सिमा नाकाको चौकी बाट तसकरी हुन्छ ।तर प्रहरी उपरीक्षक रोक्न सकेका छैनन् एसपीको कार्य सम्पादन धेरै कम्जोर छ।
प्रहरी चौकी माडर बाट कारोबार गर्ने कारोबारीहरु राम एकबाल,राम सेवक मसरु,श्याम,मन्चा,गणेश ,सुरज ,दिनेश ,राम कुमार ,यी सबै कारोबारी मिलि प्रहरी लाई ५ लाख रुपैया दिनेगरेको नाम नबताउने शर्तमा एक जना स्थानीयले बताए।यसैगरी माडर बाट किरानाको काम गर्ने झरकली,काली छोटु,दर्बिनी,रियाज,पतरकी अजिज मुर्गा त्यस पछि प्रहरी चौकी खिरौना बाट देवन कापडा,वकिल दारु,हुण्डी कारोबारी राजकुमार पासवान सबै जना मिलेर प्रहरी लाई ४ लाख दिएर काम गर्ने गरेका छन्
प्रहरी चौकी लकडीगोठ बाट राजा भन्ने मोबाइल कारोबारी तथा गोपाल राय कुर्मी कपालको कारोबार गर्ने गरेको ६ लाख दिएर यो त्यही कारोबारी गोपाल राय हुन् जसको ट्रक राजस्व कार्यालयले समातेको थियो
प्रहरी चौकी औरही बाट नरेस,दिनेश मिलेर कपडा ,दारु तथा सजिव समेत मिलेर प्रहरी १ लाख दिने गरेको बुझिन्मा आएको छ।त्यसगरी इप्रका ठाडि बाट लहानको ब्यपारी सजाद भन्नेले खसी,गाई,गोरुको काम गर्न लाइन पाएका छन् निज सजाद प्रहरी लाई ८० हजार दिने गरेको बुझिन्मा आएको छ।त्यसैगरी प्रहरी चौकी झाझ पट्टी बाट आनन्द नामको ब्यपारी स्याउ ,मनोजले स्याउ ,अमित साह कपडा ,रजनि हाड्वैयर सबैले मिलेर ४ लाख दिने गरेको खबर प्राप्त भएको छ।इप्रका लहान बाट प्रहरीले मानसिक ३ लाख रुपैया असुली गरिरहेको छ।लहानमा प्रायः होटलमा देह ब्यपार गर्न छुट दिएको छ।क्रसर ब्यपारीहरु कमला खोला , चुरिया पहाड उत्खनन् बाट प्रहरीले लाभ लिएको खबर छ।जिल्ला प्रहरी कार्यालयले यो आर्थिक वर्षमा एक वटा पनि खसी ,गाई ,बाख्रा केही पनि समातेको छैन ,यो बारेमा यस् मिडियाले जिल्ला प्रहरी सिरहाको सूचना अधिकारी सग सोध्दा जवाफ थियो त्यसो कुनै प्रहरी गरेको छ भने कार्वाही हुन्छ।सिरहा प्रहरीको रवैया देखेर आम नागरिक हास्ने गरेका छन् नेपाल प्रहरी भित्र अहिले व्यापक परिवर्तन लाएको प्रहरी महानिरीक्षक सिरहाको एसपी लाई किन तान्न सकेनन्।प्रहरीमा बचाउने खेल हाबी भएको बेला त्यही जिल्लाको कमान्ड गरिरहेका सशस्त्र प्रहरी लाई भने तानेर त्यहा नाया कमान्डर पठाइसकेको छ।सशस्त्र प्रहरी प्रधान कार्यालय तर नेपाल प्रहरीमा शक्ति पावरको खेलले गर्दा प्रहरी महानिरीक्षक सिरहा एसपी लाई केहि गर्न सकिरहेका छैनन् हालका गृह मन्त्री सग नागरिकको धेरै अपेक्षा थियो तर जिल्ला प्रहरी कार्यालय सिरहाको तसकरी काण्डमा कुनै पनि प्रतिक्रिया नदेखिएकाले गृहमन्त्री मन्त्री र गृह प्रशासन माथी प्रश्न उठन थालेको छ।मधेस प्रदेशकै सर्लाही जिल्लामा राम्रो काम गर्दागर्दै एसपी लाई हटाइएको छ।तर तसकरि आरोप लागदा पनि एसपी लिम्बू लाई सिरहा बाट तानिएको छैनन्