१०० करोडको लुगामा सजिएकी इशा अम्बानी

  |

०४ सोमबार २०८०
उदेश पाण्डे
मुकेश अम्बानीको छोरी इशा अम्बानी एकदमै महँगा लुगा लगाउनेमध्ये एक हुन्।

भारतकै धनाढ्य मुकेश अम्बानीकी एक मात्र छोरी इशाले लगाउने लुगाको भाउ लाखौं पर्ने बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय उनले चार अवसरमा लगाएका चार पहिरनको मूल्य सय करोड भारू भन्दा धेरै छ।

पहिलो हो उनले विवाहमा लगाएको लेहेंगा।

इशाले बिहेमा सुन र हिराजडित लेहेंगा लगाएकी थिइन्। हातले बुनिएको यो लेहेंगाको मूल्य करिब ९० करोड भारू रहेको बताइएको छ।

दोस्रो हो सब्यसाचीको साडी।

अभिनेता अरमान जैन र अनीसा मल्होत्राको बिहेमा इशा सुनौलो साडीमा देखिएकी थिइन्। डिजाइनर सब्यसाचीको साडीको मूल्य करिब १५ लाख भारू रहेको बताइएको छ।

तेस्रो अबु जानी–सन्दीप खोसलाद्वारा डिजाइन गरेको लिलाक साडी। इशाले यो साडी अम्बानी हवेली, एन्टिलियामा आयोजित अर्जुन कोठारीको प्रि–वेडिङ समारोहमा लगाएकी थिइन्। साडीमा सुन र चाँदी, पत्थर, मोती जडित थियो।

चौथो हो मोनिक लुइलियरले डिजाइन गरेको सुनौलो र्‍याप ड्रेस। इशाले लगाएको यो लुगाको मूल्य तीन-चार लाख भारू पर्छ।