२०८०/०८/०८ गते
उदेश पाण्डे
छिपहरमाइ गापा वार्ड नम्बर १ टोल मिर्जापुर स्थित श्री महादेव मा बि का विद्यार्थीहरु आन्दोलित बनेका छन् ।संविधानले समेत प्रत्येक नागरिक लाई राज्य बाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हक हुनेछ भनेर नेपालको संविधान २०७२ मा तोकेको छ।तर श्री महादेव माध्यमिक बिधालय लाई आफुखुशिबन्द गरि बिद्यार्थीहरुको भबिस्य अध्यारो बनाउदै बिधालय प्रशासन ।
कार्तिक १२ गतेदेखि अहिलेसम्म माध्यमिक तहमा अध्यनरत विद्यार्थीहरु लाई शिक्षा दिनबाट बन्चित गरेको गुनासो विद्यार्थीहरुले बिधालय प्रशासन माथी लगाएका छन् ।
आज उक्त बिधालयमा अध्यनरत विद्यार्थीहरु सयौंको सख्यामा आएर बिधालयमा तल्चा लाएको र भोलि गाउपालिका घेराउ कार्यक्रम रहेको कुरा कक्षा १० को विद्यार्थी मन्तोस यादवले बताए ।
केही वर्ष पहिला पनि यो बिधालय लाई एक तह घटाएको थियोे तर गाउको अगुवा समाजसेवि,शिक्षक, भद्र भलादमि लागेर यस् बिधालय लाई २०७७ साल देखि निम्नमाध्यमिक बाट माध्यमिक तह गराएको कुरा समाचारमा बुझिनमा आएको छ।सुरु देखी नै श्री महादेव मा बि मा विवाद आएको छ।विद्यार्थीले पाउने दिवा खाजामा समेत बिधालय प्रशासन आफ्नो मनपरी गरेको कारण केही अभिभावकको गुनासो पछि उक्त वार्डका वडा अध्यक्ष आफ्नो रोहवरमा आएर विद्यार्थी सख्या गनेर लगेको तथा कुन दिन के खाजा लिस्ट खोजदा लिस्ट अनुसारको खाजा नपाएको कुरा समेत प्रमाणीत भएको थियोे ।
विद्यार्थीहरु लाई पढ्ने हक अधिकार बाट बन्चित गरेर बिधालय प्रशासन आफ्नो निहित स्वार्थ राखी स्कुल चलाउने गरेको एक अभिभावकले यस् मिडिया लाई जानकारी गराए।छिपहरमाइ गापा यो स्कुलमा धेरै राजनीतिक तथा बिधालय प्रशासनले आफ्नो मनपरी गरेको कारण आज बिद्यार्थी आन्दोलित भएको सबुत प्रमाण यस् madheshviews लाई प्राप्त भएको छ।सामुदायिक बिधालयहरुमा गाउँकै शिक्षक,प्र अ राखिदा त्यस्को असर बिधालय माथी पर्ने गरेको छ।सामुदायिक बिधालयहरु स्थानीय तहमा गाबिएपछि झन पढाईको गुणस्तर खस्केको छ।
उक्त बिधालयमा विद्यार्थी भाइ बहिनीहरु आफ्नो पढाइ पुनःगरुन् भने उदेश्यका साथ युवा नेता राम्पुकार यादव तथा अन्य केहि अभिभावकको समेत रोहवरमा विद्यार्थीहरुले बिधालयमा तल्चा लगाएको र आफ्नो माग राखेको सूचना हामी लाई प्राप्त भएको छ।
यस् विषयमा हामीले उक्त वार्डका वाडा अध्यक्ष सग बुझ्दा आफू वार्डकै कामले बिरगंज आएको म पनि बुझ्दै छु,बिधालयमा विद्यार्थीहरुको पठनपाठनको लागि कुनै कसर बाकी राख्दैन ।बोर्ड बैठक छ गापामा अब तुरुन्तै छिनोफानो लाग छ।बिधालयमा भएको शिक्षक अभाव हटाउन वडा अध्यक्ष सकारात्मक रहेको बुझिएको छ।छिपहरमाइ गापा अन्तर्गतको सामुदायिक बिधालयहरु मधेसबैभन्दा बढी बिबादित स्कुल भनेर श्री महादेव मा बि लाई चिनिने गरेको छ।