प्राचार्य रिजालको गैह्र जिम्मेवारी: काण्ड माथि काण्ड कार्वाही कसले गर्ने

  |

०६, मंसिर २०८१
उदेस पाण्डेय
पर्सा! नेपाल पुलिस स्कुल रौतहट गरुडाको प्राचार्यको गैह्र जिम्मेवारीको कारण स्कुलको शैक्षणिक क्रियाकलपहरूमा प्रत्यक्ष असर परेको छ। मधेशभ्युज डटकम लाई एउटा अडियो रेकर्ड प्राप्त भएको छ जस्मा बिद्यालय प्रशासनको ठूलो त्रुटि देखिएको छ।
पुलिस स्कुल गरुडामा प्राचार्यको रूपमा रामशरण रिजाल आएदेखि काण्ड माथि काण्ड हुँदा समेत सम्बन्धित निकाय मौन रहेको छ। स्कुलमा कत्तिको गैह्र जिम्मेवार कार्य हुँदा रहेछ भने विद्यार्थी परीक्षामा सही लेख्दा पनि गलत गरिएको छ। पहिलो त्रैमासिक परीक्षामा ५ मार्क उक्त शिक्षकको कारण कक्षा ६ मा पढ्ने विद्यार्थीको मार्क कम भयो पछि दोस्रो परीक्षा समेत कपी राम्रो सित परीक्षण नगरिकन विद्यार्थीलाई फेरि यातना दिएको छ।
स्कुलमा पहिलो काण्ड हो कार्यालय सहयोगी नन्दुले केटी लाई धाका दिएको त्यस पश्चात जागिर बाट हटाइयो यो घट्ना बाहिर आए पछि स्कूलले एक्सन लियो। दोस्रो काण्ड कक्षा दशमा पढ्ने केटा केटी स्कुलको प्राथनामा सहभागी नभई बाथरुममा लुकेर संगै बसेको खबर बिद्यार्थीहरु बाट सम्बन्धित निकाय लाई जानकारी गराउँदा समेत कुनै छानबिन नहुँदा मधेशभ्युज डटकम द्वारा हिजो आइजी लाई फोन मार्फत जानकारी गराउँदा अब छानबिन हुने भएको छ।
बिद्यालय प्रहरीको तर कानुन विपरीत कार्य गराउने प्राचार्य कसरी जोगिँदै आइरहेका छन यो विषय गम्भीर बनेको छ।
प्राचार्य आफ्नो गाउँले नाता पर्ने निरुपा कार्की लाई ब्रान्चमा संयोजक बनाएका छन् संयोजक बने देखि पढाउन नपर्ने कोर्डिनेटरको काम मात्र गर्ने देखिएको छ।तर यो विधान विपरित छ। त्यसै गरी प्राथमिक तहको शिक्षक कामेश्वर चौधरी लाई नि मा बि को कोर्डिनेटर बनाइएको छ। चौधरीको शैक्षिक योग्यता छ १२ पास प्राचार्य आफ्नो मनपरी हिसाबले विद्यालय लाई चलाउन थाले पछि स्कुलमा राम्रो दक्ष, अब्बल शिक्षकहरुको मनोबल गिरेको छ। कोर्डिनेटर, डिसिप्लिन इन्चार्ज एकै व्यक्ति लामो समय देखि बसेको हुँदा पनि जिम्मेवारी हेरफेर गरिएको छैन् तथा अहिले उक्त पदमा रहेकाहरु आफ्नो पदीय जिम्मेवारी राम्रो संग निर्वाह गरिरहेका छैनन्
स्कुलको प्राचार्य जस्तो मान्छे बिद्यालयको आधिकारिक फेसबुकमा अग्रेजी गलत सलत लेख्दा सामाजिक संजालमा ट्रोल बनेका थिए। पुलिस स्कुल गरुडा मधेस प्रदेशको एउटा शान हो तर अहिले दैनिक रूपमा एउटा एउटा काण्ड मिडियामा आउँदा पुलिस स्कुल भित्र हुनेगरेको कानुन विपरीतका कार्यहरु बाहिर्दै गर्दा यसले अभिभावकहरु लाई चिन्तित बनाएको छ।
मधेशभ्युज लाई लाई प्राप्त जानकारी अनुसार प्राचार्य तथा ब्रान्च संयोजक,नि मा बि संयोजक डिसिप्लिन इन्चार्ज संग सबै शिक्षक तथा कर्मचारी रुष्ट छन् अहिले स्कुलमा प्रचर्यले एकलौटी रुपमा एकल निर्णय गरेको तथा अन्य शिक्षक लाई पेलेर हिँडेको कुरा नाम गोप्य राख्ने सर्तमा एक जना कर्मचारीले मधेशभ्युज लाई जानकारी गराए