६ महिना देखि विद्यालय बन्द : शिक्षा लाई बाईपास गर्दा अध्यक्षको चौतर्फी आलोचना

  |

१६, मंसिर २०८१
उदेश पाण्डे
पर्सा! छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर स्थित रहेको श्री महादेव माध्यमिक विद्यालय मिर्जापुर ५ महिना देखि बन्द रहेको खबर प्राप्त भएको छ।
छिपहरमाई गाउँपालिकाको अध्यक्ष मनोज कुमार गुप्ता गैह्र जिम्मेवार हुँदा पाँच महिना देखि स्कुल बन्द रहेको छ। त्यहाँ अध्यनरत मा बि तहका ३०० भन्दा बढी बिधार्थीहरु आफ्नो पढाइ बाट बञ्चित हुँदा समेत
स्थानीय सरकार मौन रहेको छ। नेपालको संविधानको भाग ३ को धारा ३९ मा प्रस्ट उल्लेख छ बालबालिका लाई राज्य बाट शिक्षा दिने तर संविधान भन्दा माथि आफूलाई बुझेर (अध्यक्ष) मनोज गुप्ता, (उपाअध्य) श्रीमती लिलावाती देबी कानु, प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी, शिक्षा शाखा प्रमुख मुकेश चौरसिया बन्द बिद्यालय खुलाउन कुनै किसिमको तदारुकताका देखाउनु भएको छैन
छिपहरमाई गाउँपालिकामा बन्द स्कुल खुलाई विद्यार्थीहरूको पठनपाठन सुचारू गराउन कुनै प्रकारको छलफल समेत अहिले सम्म जनप्रतिनिधिहरु द्वारा गरिएको छैन।
छिपहरमाई गाउँपालिका भित्र माध्यमिक विद्यालय ३ वटा, आधारभूत बिद्यालय २, प्राथमिक विद्यालय १० वटा तथा एक वटा मदर्शा स्कुल समेत रहेको छ। जम्मा १६ वटा स्कुल रहेको छिपहरमाई गाउँपालिकामा अहिले ३०० भन्दा बढी विद्यार्थीहरु पढाई बाट बञ्चित भएका छन्
गाउँपालिका भित्र नेपाल सरकारले दिदैआएको दिवाखाजा समेत ६ महिना देखि बन्द गरिएको खबर मधेशभ्युज लाई प्राप्त भएको छ।
नाम गोप्य राख्ने सर्तमा एकजना प्राचार्यले यस मधेशभ्युज संग कुरा गर्दै भने दीवाखाजामा समेत कमिशन मांग गरिएको थियो त्यस पछि त्यो खाजा नै रोकिएको छ। स्कुलमा कुर्सी, बेन्च आवश्यक सामग्री माग्दा आलटाल गरिन्छ प्रश्नपत्र समेत स्कुलको शिक्षकले निर्माण गर्न पाउँदैनन् बाहिर बाट आउँछ बिद्यार्थी पढेको हुन्छ के प्रश्न आउँछ फरक धेरै बिथिती छ। स्थानिय तहमा शिक्षा गाभिदा डगमडोल भएको छ। समयमा शिक्षक समेत स्कुलमा आउँदैनन्”सिकरूहरुलाई गृहकार्य समेत दिँदैनन् गुणस्तरीय शिक्षा समेत दिँदैनन्
अहिले बन्द रहेको मिर्जापुर स्कुलमा शिक्षा, बिकाश तथा सामाजिक नचाहने केही दुष्ट प्रवृत्तिका मानिसहरू आफ्नो चलखेल जरिरखेका छन् जसरी गरेर भएपनि माध्यमिक तहको स्कुल लाई निम्न माध्यमिक तहमा झार्ने गोप्य खेलमा लागे एक समुह सक्रिय रहेको बुझिएको छ। गाउँपालिका अध्यक्ष मनोज गुप्ता अन्य गाउँपालिका नगरपालिकाको मेयर भन्दा फरक अध्यक्ष हुन तर उनकै गाउँपालिका भित्र पर्ने स्कुल ५ महिना देखि बन्द रहेकोमा अन्य जनप्रतिनिधिहरुले अचम्म मानेका छन्
मिर्जापुर गाउँ पर्सा जिल्लाको एउटा हिम्ती, साहसी, सहयोगी गाउँको रूपमा परिचित छ। मधेश आन्दोनलाई सघाउन जब मिर्जापुर गाउँको मानिसहरू वीरगंज पुगेका थिए त्यस बखत आन्दोलनकारीहरु लाई थप बल प्राप्त भएको थियो।
यो गाउँको धैरै युवा देश सेवामा छन्। कोई कृषि पेशा तथा अन्य पेशा ब्यवसायमा केन्द्रित छन्।
यति राम्रो गाउँ हुँदा समेत उक्त गाउँको स्कुल बन्द रहेको बेला जनप्रतिनिधिहरु स्कुल संचालन गराउन तर्फ केन्द्रित नहुँदा आम नागरिक खुलेर बिरोध गर्न थालेका छन्।हाम्रो संवादाता संग कुराकानी गर्दै मिर्जापुर गाउँको एकजना दक्ष युवाले भेने मेयरको, वा उप मेयरको बालबच्चा यहाँ पढ्ने भएको भए यो स्कुल एकदिन पनि बन्द हुँदैन थियो तर यस स्कुलमा त भोटर अर्थात् आमनागरिकको बालबच्चा पढ्छन् त्यसैले वास्ता कसैले गरेको छैन
उक्त गाउँपालिकामा तिनै तहको सरकारमा राम्रो पहुँच छ।तर सबै नेता व्यतिगत स्वार्थमा लिप्त हुँदा बन्द स्कुल खुलाउन तर्फ कसैको ध्यानकेन्द्रित हुन सकेको छैन