चौकीको बोर्ड फेर्न नसक्ने एसपीको जिल्लामा कमाण्ड कस्तो होला

  |

२७, बिहीबार २०८१
मधेशभ्युज संवादाता
पर्सा! जिल्ला प्रहरी कार्यालय सर्लाहीको बारम्बार गल्ती भेटिए पनि सम्बन्धित निकाय मौन बसेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेका प्रहरी चौकी नारायणपुरको बोर्ड समेत च्यातिएको अहिले सम्म फेरिएको छैन।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र बहादुर सिंह जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमाण्ड राम्रो संग गर्न सकिरहेका छैनन् तर पनि प्रहरी प्रधान कार्यालय मौन रहेको छ। अन्य जिल्लाहरुमा प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर आइजी सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुले बिबादित काम गर्दा प्रहरी प्रधान कार्यालयमा तानेर गल्ती अनुसारको कार्वाही गर्ने प्रक्रिया गरे पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हकमा त्यस्तो कहिले पनि अनुगमन वा छानबिन गरिएको छैन ।
मधेशको जिल्लाहरुमा प्रहरी प्रधान कार्यालयले अनुगमन गर्दा चौकी इन्चार्जहरुको गल्ती भेटेको थियो पर्सा बाट एक जन प्रहरी नायब निरीक्षक तथा प्रहरी हवल्दार, बारा जिल्लाको चौकीमा कार्यरत रहेको एक जना लाई तनेका तथा रौतहट बाट समेत केही प्रहरी लाई तानिएको थियो तर सर्लाही जिल्लामा कहिले कहीँ कुनै छानबिन आएन
नाम गोप्य राख्ने सर्तमा एकजना प्रहरी अधिकृत भन्छन् आइजीले समेत सर्लाही (एसपि) सिंह लाई काखिच्यपेका छन् सर्लाही एसपि इन्सपेक्टर, डिएस्पी, हुँदा खासै इन्चार्ज बसेका छैन्
सिंह कमाण्ड कन्ट्रोलमा कमजोर हुँदाहुँदै पनि आइजिपिले केही भनेका छैन्न ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेको प्रहरी चौकी गोडइताँ इन्चार्जले समातेको तस्करीको समान छोड्दा समेत अहिले सम्म कुनै कार्वाही गरिएको छैन्
बरामद तस्करीको समान प्रहरी चौकी इन्चार्ज प्र ना नि धर्मेन्द्र साह छोडेको बारेमा मधेशभ्युज डटकमले समाचार समेत लेखेको थियो आज फेरि त्यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचना अधिकारी (डिएस्पी) दीपक श्रेष्ठ संग मधेशभ्युजको सम्पादकले बुझ्दा वहांको जवाफ थियो अहिले छानबिन हुँदै छ। गल्ती भएको भेटिए कार्वाही गरिने
बारम्बार सर्लाही प्रहरी बद्नाम हुने कार्य पटक पटक हुँदा समेत सम्बन्धित निकाय मौन बसेको छ