
२८, शुक्रबार २०८१
मधेशभ्युज संवादाता
पर्सा! प्रहरी चौकी सिर्सिया पर्सा नाका बाट व्यापक मात्रामा तस्करी भइरहेको खबर प्राप्त भएको छ।
प्रहरी चौकी इन्चार्ज रहेका प्रहरी नायब निरीक्षक अनुप ढकाल नयाँ इन्चार्जको रूपमा आए देखि तस्करहरुको समुहले निर्वाद रूपमा तस्करी पूनः संचालन गरेको खबर प्राप्त भएको छ।
प्रहरी चौकी सिर्सिया नाका बाट कवाड, काजु, बटर, मोबाइल पार्ट्स, औषधि तथा बच्चाको दूध, लेक्ट्रो पावड़र भारत बाट नेपालमा तस्करहरुको समुहले भित्र्याइरहेका छन्
त्यसैगरी नेपाल बाट चाइनिज लहसुन, विभिन्न ब्राण्डका नेपाली रक्सी, चाइनिज स्याउ तस्करी भइरहेको छ
प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक अनुप ढकाल जिल्ला प्रहरी कार्यालय पर्सामा आउँन साथ पावरको बलमा कमाण्ड जाने पहिलो जुनियर प्रहरी अधिकृत हुन। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको वडा प्रहरी, ईलका प्रहरी कार्यालयमा टवाइसी बसेर जिल्लामा सात महिना बसेर प्राय सबै प्रहरी सहायक निरीक्षक, नायब निरीक्षक, वरिष्ट प्रहरी नायब निरीक्षक खटेर जाने तर प्र ना नि ढकालको हकमा त्यस्तो भएन प्रहरी चौकी इन्चार्ज अनुप ढकाल काठमाडौं बाट आउँन साथ पुरस्कार स्वरुप चौकी इन्चार्ज पाए
मधेशभ्युज लाई नाम गोप्य राख्ने शर्तमा एकजना प्रहरी अधिकृतले बताए त्यो भाइ पहिला मन्त्रीको (Personal Security Guard) अगरक्षक बसेको पावर सोर्सको बलमा काज आएर चौकी गए देखि अलि अस्वभाविक फुर्ती देखाएको सबै लाई थाहा छ
मधेशभ्युजको टोली प्रहरी चौकी सिर्सिया चौकीमा पुगेर देख्दा प्र ना नि ढकाल चौकीमा सेवाग्राहीको समस्या सुन्न समेत बसेका थिएनन् त्यस पछि उक्त कुराको जानकारी मधेशभ्युजले तत्कालै जिप्रका पर्साको सूचना अधिकारी (डिएस्पी) लम्साल लाई जानकारी गराउँदा तुरुन्तै सूचना अधिकारी बाट आदेश आयो सेवाग्राहीको काम जिम्मेवारी साथ होस्
सिर्सिया नाका बाट काजु तथा रजनीगन्धा, बटरको काम बैंजु तथा जाटा भन्ने गरिरहेका छन् त्यसैगरी कवाडको काम जय गुरुदेव भन्नेले काम गरिरहेका छन् मनोज भन्नेले मोबाईल पार्ट्स तथा अन्य गुडु भन्नेले औषधि तथा बच्चाको दूध लेक्टो पावडर विकु भन्ने चाइनिज लहसुन, भारतको संजय बिकाश ले कपड़ा कस्मेटिक
राहुल भन्ने नेपाली ब्रान्ड रक्सी आइसिप्यु गेटको दायाँ तिर होटलमा अवैध काम हुँदा समेत प्रहरी चौकी सिर्सिया द्वारा उक्त गल्त क्रियाकलाप रोक्न कुनै तदारुकता देखाइएको छैन।
ड्राइपोर्ट एरियामा सडकमा जथाभावि गडिपर्किग, सडकमा अनावश्यक जाम लागेको बेला वीरगंज बाट ग्रामीण भेग तिर जाने यात्रुलाई दुःख हैरानी भइरहेको छ तर प्रहरीको ध्यान यस तर्फ केन्द्रित छैन्। सडकको पेटीमा बसेर माछा पसलेहरु आफ्नो बजार लाउँदा समेत जाम लागेको हुन्छ तर प्रहरी त्यस भीड लाई व्यस्थापन गर्न सकेको छैन