कमाण्ड कन्ट्रोल कमजोर हुँदा धनुषाको सशस्त्रको एसपि लाई हेडक्वार्टर तान्यो

  |

२८, शुक्रबार २०८१ मंसिर
उदेश पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल नं ८ का गणपति दर्शन गिरी लाई सशस्त्र प्रहरी प्रधान कार्यालयले बोल्ड कमाण्ड गर्न नसकेको तथा धनुषाको सीमानाका बाट तस्करी रोक्न तदारुकता नदेखाएको कारण हेडक्वार्टर तानेको खबर मधेशभ्युज डटकम लाई प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल गण नम्बर ८ मातहत रहेको प्रस्तावित सीमासुरक्षा गुल्म मैनाथपुरको (डिएस्पी) समेत केही महिना पहिला बाहिनिमा तानिएको थियो
धनुषाको सीमानाका बाट तस्करी भइरहेको खबर विभिन्न स्रोतबाट मजकुर कार्यालय सम्म पुगे पछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तथा बाहिनीले समेत आन्तरिक रूपमा छानबिन गरेर सशस्त्र प्रहरी नायब उपरक्षक (डिएस्पी) हटाएर अहिले सुरज रिजाल लाई पठाउने तयारी गरेका छ।
सशस्त्र प्रहरी बल नं ८ गण धनुषाको सशस्त्र प्रहरी उपरीक्षक (एसपि) दर्शन गिरी सीमानाका बाट हुनेगरेको तस्करी नियन्त्रण गर्न तदारुकता देखाएका थिएनन् धनुषको ग्रामीण भेगको नाका हुँदै नेपाल बाट तस्करहरुको समुहले सीमामा खटेका सशस्त्र प्रहरी समेतको मिलोमतो गरी नेपाल बाट भारत तर्फ चाइनिज लहसुन नेपालमा बनेको विभिन्न ब्रान्डका रक्सी तस्करीको माध्यम बाट कारोबार गर्दा समेत सशस्त्र प्रहरी बलले कुनै किसिमको तदारुकता देखाएको थिएन
नेपाल बाट चाइनिज स्याउ, लहसुन मदिरा भारत तर्फ जादैगर्दा भारतीय प्रहरी द्वारा पक्राउ गरिएको थियो त्यस बेला धनुषाको कमाण्डर तथा बोर्डर आउट पोस्ट इन्चार्ज समेतको आलोचना भएको थियो।
सशस्त्र प्रहरी बल अहिले तराईमा तस्करी रोक्न लागिपरेको छ। बिभिन्न मिति र समयमा संगठनले समुपिएको जिम्मेवारी लाई राम्रो संग निर्वाह गर्न नसकेका डिएस्पी तथा इन्सपेक्टर लाई जिम्मेवारी बाट हटाइएको छ। सशस्त्र प्रहरीले तराई लाई अहिले बद्नाम हुनबाट जोगाएको छ। धनुषको ग्रामीण भेगमा सेठी नाम गरेको बिचौलिया लाईन मिलाउने गरेको सूचना मधेशभूज लाई नाम गोप्य राखिदिने शर्तमा एक जनप्रतिनिधिले बताए
सशस्त्र प्रहरी बल नं ८ को बारेमा यस भन्दा पहिला मधेशभ्युजले समाचार सम्प्रेशण गरेको थियो।