
१०, बुधबार २०८१
उदेश पाण्डे
पर्सा! अस्थाइ प्रहरी पोष्ट सुरजाहा कट्टी प्रहरी चौकी इन्चार्ज तथा फाटवाला प्रहरी नागरिकता सर्जमिन मुचुल्का गर्न सेवाग्राही संग आर्थिक लाभ लिएको सूचना मधेशभ्युज लाई प्राप्त भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको चलानी नम्बर ९८४ २०८१/०९/०५ तथा अर्को चलानी नम्बर २०९८३ मिति २०८१/०९/०८ गतेको पत्र एकजना राजेस (थर गोप्य) राखिएको आफ्नो छोराको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पर्सा पुग्दा त्यहाँ बाट सर्जमिन गराउन जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरी चौकी पठाएको थियो त्यस नागरिकताको सर्जमिन गराउन सेवाग्राही चौकी पुग्दा प्रहरी सहायक निरीक्षक दीपेन्द्र सिंह तथा त्याहाँ चौकीमा फाँटमा कार्यरत प्रहरीले सेवाग्राही लाई विभिन्न बहाना बनाई काम आलटाल गर्ने धेरै समय लाउने कुरा सुनाएर सेवाग्राही संग ५०० रुपैयाँ नगद तथा एक वटा पेन, तीन थान नेपाली कागज समेत लिई फाटवाला प्रहरी ति सेवाग्राही संग लिए पछि मात्रै प्रहरीले निःशुल्क गर्नुपर्ने नागरिकताको सर्जमिन गरे
मधेशभ्युज विगत केही दिनदेखि ग्रामीण भेगको प्रहरी कार्यालयमा सेवाग्राहीहरुको काम जिम्मेवारी ढंग बाट चौकी इन्चार्ज तथा त्यहाँ कार्यरत फातवाला गर्दैनन् भन्ने आम नागरिकले दिएको सूचना लाई आधार मानेर निरन्तर सेवाग्राहीहरुको सम्पर्कमा रहेर सडक संवाद मार्फत आएको सूचना अनुसार यो खबर प्राप्त भएको छ। त्यस पछि चौकी इन्चार्ज संग बुझ्दा आफूले त्यसो केही गरेको छैन भनेर जवाफ दिए
पर्सा,बारा,रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तराईका जिल्लाहरुमा प्रहरीले गर्ने पंचायती, नागरिकता सर्जमिन तथा अन्य विभिन्न कार्यहरूमा सेवाग्राहीहरु संग लाभ लिएको सूचना बारम्बार समाचारहरुमा आउँने गरेको छ।
नाम गोप्य राख्ने शर्तमा एकजना प्रहरी चौकी इन्चार्जको भनाई थियो जिल्ला प्रहरी कार्यालय वा ईलाका प्रहरी कार्यालय बाट लेखापालहरु प्रहरी चौकी लाई दिँदैनन् पेन तथा कागज हरेक चौकीमा यो समस्या छ। माथिलो कार्यालयले नै थाना चौकी इन्चार्ज लाई मगन्ते बनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा अहिले लामो समय देखि एकै ठाउँमा बसेका प्रहरीहरुको कारण सेवाग्राही लाई समस्या हुन थालेको छ पर्साको महिला सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक नन्द कला टमाटा विगत लामो समय देखि महिला सेलमा कार्यरत छिन् ।उसको बारेमा माथिल्लो कार्यालय सम्म सेवाग्राही द्वारा गुनासो निवेदन पर्दा पनि फाँट परिवर्तन गरिएको छैन त्यसै गरी इलका प्रहरी कार्यालय पोखरिया पर्साको उजुरी छानबिन शाखामा कार्यरत प्रहरी हवल्दार बिन्दयाल साह लामो समय देखि कार्यरत रहेको तैपनि मजकुर कार्यालय अदलिबदली गरेको छैन
एकै फाँटमा लामो समय बसेका प्रहरी संग बिचौलियाहरुको बढी हिमचिम गर्दा रहेछन्