सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल बीच: समन्वयात्मक बैठक सम्पन्न

  |

१४, आइतबार, २०८१, पौष
उदेश पाण्डे
पर्सा! मधेश प्रदेश छिन्नमस्ता बाहिनिको बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी कालिदास धौवजी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच डिआईजी (DIG Level Counterparts Co-ordination Meeting ) समापन भएको छ।

मिति २०८१।०९।१२ गते सशस्त्र प्रहरी वल, नेपाल र भारतीय सशस्त्र सीमा बल (SSB) वीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठकको सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा (DIG Level Counterparts Co-ordination Meeting) सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (SSB) बिच नियमित रुपमा हुने DIG स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले गरेको हो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बल (SSB) को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका DIG Dipak Kumar, IPS, Sector Headquarters Purnea का सेक्टर कमाण्डर DIG Rajesh Tikku, र Sector Headquarters Bettiah का सेक्टर कमाण्डर DIG S. Subramaniam, को उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उक्त वाहिनीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उरीक्षक सूर्य बहादुर सेन ओली, तथा मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल, नेपालका सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, र पर्सा एवं नं.३९ र ४० रिजर्भ गणका गणपतिहरु एवं धनुषा र बाराका निमित्त गणपतिहरु लगायतका अधिकृतहरुको उपस्थिति रहेको थिो भने SSB का तर्फवाट १८, २०, ४४, ४५, ४७. ४८. र ७१ औं बटालियनका कमाण्डेन्टहरु समेतको उपस्थिति रहेको थियो।

उक्त बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण, सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा नं.२ वाहिनीपति कालिदास धौवजीले सीमा अपराध नियन्त्रणको निमित्त सूचनाको आदान प्रदान तथा नियमित समन्वय तथा सहकार्य अपरिहार्य रहेको एवं नयाँ प्रकृतिका हुन सक्ने अपराधिक गतिविधिलाई समेत समयमै पहिचान गरी आपसी समन्वयमा समाधान गरिदै लगिनु पर्ने कुरा वताउनु भएको थियो। यसैगरी सशस्त्र सीमा बलका (DIG) Dipak Kumar, IPS ले दुवै सुरक्षा फौजले गर्दै आईरहेको संयुक्त गस्तिका क्षेत्रहरु बढाँउदै लगिने उपयूक्त हुने तथा सीमा अपराध नियन्त्रण एवं दुबै क्षेत्रमा हुने चाडपर्व सुरक्षाको निमित्त सानो भन्दा सानो घटनाको समेत एक आपसमा जानकारी हुने अवस्थालाई अझ प्रभावकारी बनाई अगाडी बढ्नुपर्ने कुरामा जोड दिनु भयो।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा आयोजित उक्त कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्नेछ भनि नं. २ वाहिनीले जानकारी गराएको छ।