प्रतिशोध साधन लागुऔषधको प्रयोग षड्यन्त्र कार्यमा प्रहरी दुरूपयोग

  |

२५, बिहीबार २०८१
उदेश पाण्डे
पर्सा! मधेश प्रदेशको जिल्लाहरूमा अहिले नागरिक प्रहरी बिच दूरी बढेको पाइएको छ। जसमा प्रहरीको दोहरो रोल देखिएको छ। तराईमा बारम्बार निर्दोष लाई प्रतिशोध साधनको लागि लागुऔषधको खेल प्रहरी आफ्नो गल्ति ढाकछोप गर्दै।

विभिन्न मिति र समयमा प्रहरीले गरेको कार्वाही तथा अप्रेशन बिबादित हुने गरेको छ।
मधेशभ्युज डटकम लाई प्राप्त सूचना अनुसार प्रहरी द्वारा लागुऔषध बरामद गरिएको सवारीसाधनमा प्रतिशोध साधनको लागि कसैले राख्ने तथा उक्त कार्यले गर्दा निर्दोष व्यति फस्ने भए पछि प्रहरीको यो कार्यले गर्दा आम सर्वसाधारण नागरिक प्रहरी बिच दूरी बढेको समाजका अगुवाहरुको भनाई छ।
जिल्ला प्रहरी कार्यालय बाराको एउटा घटना जसले अहिले सबैको ध्यान केन्द्रित गरेको छ।त्यो केसमा प्रहरीको चौतर्फिक आलोचना समेत भएको छ । बारा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहत पिपडारी बाट आलुऔषध रहेको सूचनाको आधारमा प्रहरीले रामसेवक प्रसाद साह लाई पक्राउ परे । प्रहरी प्रतिवेदनमा भनिएको अनुसार निज सँग सेतो धूलो पावडर ब्राउन सुगर जस्तो देखिने धूलो फेला पर्यो
त्यस पछि प्रहरी विरुद्ध आम सर्वसाधारणले निर्दोष लाई फसायो भने नारा राखेर टायर बालेर नारवाजी सुरु भयो त्यस पछि
प्रहरीले आफ्नो अनुसन्धान लाई झन् सुक्क्षम रूपमा गर्दै जाँदा अनुसन्धान मोडियो त्यो अनुसन्धान प्रहरी तिर गएको त्यस पछि बारा प्रहरीको नजर जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी हवल्दार गैसोदिन अंसारी तिर गयो पछि प्रहरी हवल्दार पक्राउको खबर मधेशभयुज लाई प्राप्त भयो । प्रहरी हवल्दार गैसोदिन अंसारी बिदामा घर बसेर यसो फसाउने हर्कत गरेका रहेछन्। अहिले केही समय देखि तराईका जिल्लामा आउटमा घर गएर प्रहरी कर्मचारीहरूले नराम्रो कार्यहरुमा संलग्न हुनेगरेको पाईएको स्थानीयहरुको भनाई छ ।
प्रतिशोध साधनको लागि लागुऔषध एक हतियारको रुपमा प्रयोग भइरहेको छ। यस्तै प्रकारको घट्ना रौतहटमा भएको थियो जसमा एक जना पत्रकार लाई प्रहरीले फसाएको थियो पछि प्रहरीले नै खोर पुगे। पर्सामा समेत एक जना वडा अध्यक्ष अहिले जेल पुगेको खबर छ।
बारम्बार दोहोरिने यस्ता किसिमको घट्ना रोक्न प्रहरीले असफल भएको नागरिकको भनाइ रहेको छ।
कानूनी अधिकार अनुसार सडयन्त्र मुदा प्रहरीले चलाउन सकिने कानूनी व्यवस्था छ
कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने श्रुतिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागू पदार्थ नियन्त्रण ऐन २०३३ ले प्रस्ट पारेको छ
मधेशमा प्रतिशोध साधन लागुऔषधको प्रयोग गरिएको बारे मधेशभ्युज डटकमले प्रहरीले प्रधान कार्यालयको सूचना अधिकारी संग बुझ्दा वहाको जवाफ थियो फसाउने लाई कार्वाही हुन्छ निर्दोषको हकमा अदालत समक्ष पेश गर्ने काम प्रहरीले गर्छ अदालतले जे आदेश दिए प्रहरीले त्यही अनुसार गर्छ।