
२७,पुस २०८१ शनिबार
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी द्वारा सचेतनामुलक कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम को नयाँ कार्यालय प्रमुखको रूपमा प्रहरी नायव उपरीक्षक डिएस्पी प्रमेश बिष्ट आए देखि जिल्ला प्रहरी कार्यालय मातहतका युनिट तथा समग्र जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण गर्न तर्फ डिएस्पी तदारुकता देखाएको बुझिएको छ।
डिएस्पी बिष्ट प्रहरी संगठनमा एक असल, इमान्दार, तथा अनुसन्धानमा अब्बल अधिकृतको रूपमा परिचित छन्। डीएसपी बिष्ट computer मा IT Engineer तथा डबल मास्टर डिग्री एवम कानूनमा LLB पढ़ेका प्रहरी अधिकृत हुन।
जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) को आयोजना तथा त्रिवेणी गाउँपालिकाको सह-आयोजना एवं जिल्ल प्रहरी कार्यालय रुकुम पश्चिमको सहकार्यमा त्रिवेणी गाउँपालिकाको सभाहलमा विद्यालय क्याम्पस र युवा क्लबमा युवा लक्षित सचेतना कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी श्री कुल बहादुर जि.सी.ज्यूको अध्यक्षता, तथा त्रिवेणी गाउँपालिका अध्यक्ष श्री गणेश कुमार के.सी.ज्यूको प्रमुख अतिथ्यता एवं जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानिय जनप्रतिनिधीहरु, पत्रकार, युवा क्लबका प्रतिनिधीहरु एवं बिद्यार्थीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ल प्रहरी कार्यालय रुकुम पश्चिमको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक(डिएस्पी) प्रमेश बिष्टले लागु औषध, बालबिबाह, साईबर क्राईम आत्महत्या तथा सामाजिक अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिए प्रहरीको नायब उपरीक्षक डिएस्पी बोलिरहँदा स्कूलका विद्यार्थीहरु ताली बजाएर स्वागत गरिरहेका थिए