१० जना डिएसपीहरुको काज: चौतर्फि रूपमा आईजीको आलोचना

  |

०३, फाल्गुन २०८२ शनिबार
उदेस पाण्डे
पर्सा! पवार सेन्टरको दबाव सहन नसकेर नियमित सरुवा रोकेर १० जना डिएसपीहरुको काज सरुवा प्रहरी प्रधान कार्यालय नक्सालले गरेको छ जसमा पहाडको जिल्ला इन्चार्ज देखि राजधानीको बृत सम्मको ईन्चार्ज चलाइएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतो लाई इन्चार्जको रूपमा पठाइएको छ। महतो तिनै प्रहरी अधिकृत हुन जो ईलाका प्रहरी कार्यालय गरुडाका रौतहट बस्दा विवादमा तानिएका थिए अहिले पनि उक्त प्रकरणमा केही प्रहरी मुदा खेपिरहेका छन्। प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द,महाराजगन्जमा निरञ्जन थापा, ईलाका प्रहरी कार्यालय बुटवलमा ईन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाही लाई काज खटाइएको छ रसुवामा कार्यरत डिएसपी केशव भट्टाराई लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ। ईलाका प्रहरी कार्यालय काकडभिटामा डिएसपी राजन लामा, गजुरीमा विकाश थापा र जिल्ला प्रहरी कार्यालय चितवनमा टवाइसिको रूपमा रवीन्द्र खनाल लाई पठाइएको सुचना मधेशभ्युज लाई प्राप्त भएको छ।
नियमित सरुवा रोकेर काजको दुरूपयोग गरिरहेका आइजिपिको चौतर्फि आलोचना सुरु भएको छ अवकाशको मुखमा आएर पनि विभागीय निति नियम विपरीत आफैले बोलेको कुराको विपरीत काज गरेर
घर जानेबेला पनि विपादित पात्र बन्दै प्रहरी महानिरीक्षक (आइजिपि)वसन्त बहादुर कुँवर प्रहरी प्रधान कार्यालयमा अहिले ब्यापक काजको बारेमा हल्ला चलेको छ। प्रहरीमा एउटा सिस्टम छ इन्चार्जको हकमा एक वर्ष कार्यकाल पछि सरुवा गरिने तर अहिले नियमित सरुवा रोकेर काजको दुरूपयोग गरिरहेका प्रहरी महानिरीक्षक आफै विवादित बन्दै गइरहेका छन्