
१५, बिहीबार २०८१
उदेस पाण्डे
पर्सा। जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे राम्रो काम गरेको कारण देश तथा बिदेशमा समेत चर्चामा छन घुमुवा प्रहरी समेत नराखी सफतापूर्वक कमाण्ड गरिरहेको खबर मधेशभ्युज डटकम लाई प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हाले देखि अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ, तथा सीमा नाका बाट विगत लामो समयदेखि हुँदै गरेको तस्करी नियन्त्रण तथा उक्त कार्यमा संलग्न माथि निगरानी राखेर तस्करी रोक्न सफल भएको कुरा विभिन्न मिति र समयमा बरामद गरिएको प्रहरी प्रतिवेदनले देखिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट मातहत रहेका प्रहरी युनिटहरु अहिले एक्सनमा देखिनुको साथसाथै प्रहरी अहिले राम्रो जनमुखी कार्यदिशाका साथ अघि बढिरहेका कुरा गरुडाका एक स्थानीय समाजसेवी तथा शिक्षक शकर यादवले बताए उनका अनुसार प्रहरी द्वारा पीडितको निबेदन लेख्ने कार्यको सबैले खुलेर प्रशंसा गरेका छन। रौतहट जिल्ला प्रहरीको ईतिहासमा पहिलो एसपी जसले नागरिकलाई सम्मानका साथ प्रहरीले गर्नुपर्ने कानुन बमोजिमको कार्यमा तदारुकता देखाएर कार्य गरिरहेको छ
जिल्ला प्रहरी कार्यालय रौतहट मातहत मुद्दा फाँट, CAP Crime Action Plan, महिला सेल, अनुचित लेनदेन शाखा अहिले सेवाग्राहीहरुको कार्य निष्पक्ष रूपमा गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख एसपी दिलिप घिमिरे संगठनमा सफल, काबिल, प्रोफेसनल प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी अधिकृत हुन। हालका प्रहरी उपरीक्षक एसपी दिलिप घिमिरे डिएस्पी हुँदा जिल्ला प्रहरी कार्यालय धनुषा हुँदा जिल्ला प्रहरी कार्यालय बारा हुँदा समेत राम्रो कार्य गरेको नागरिक तथा पुर्ब प्रहरी अधिकृतहरु बताउँछन्
तराईको जिल्लाहरुमा सबै भन्दा चाइलेन्जिग जिल्लाको रूपमा रौतहट लाई लिइन्छ यस्तो जिल्ला लाई समेत राम्रो संग कमाण्ड गरिरहेका एसपी दिलिप घिमिरे लाई मधेशमा सेलिब्रेटी प्रहरी अधिकृतको रूपमा देखिएको छ राम्रो पुलिसिङ्ग गरेकै कारण युवाहरु अहिले एसपी घिमिरेको तस्बिर आफ्नो प्रोफाईलमा राख्ने तथा तस्बिर खिचाउने कार्य समेत भइरहेको छ।
मधेशभ्युज डटकम द्वारा संचालित कार्यक्रम सडक संवादमा समेत एसपी दिलिप घिमिरेले प्रहरी द्वारा पिडितको निवेदन लेखन लगाएको कार्यको चौतर्फि प्रसंसा भएको थियो
जिल्ला प्रहरी कार्यालय रौतहटको इतिहासमा पहिलो एसपी जसले आफ्नो जिम्मेवारी जवाफदेहिता तथा नागरिक लाई सबै भन्दा माथि राखेर सफल कमाण्ड गरेर छाप्छोडे
अहिले मधेशको सबै जिल्लामा एसपी घिमिरेको चर्चा छ।
प्रहरी उपरीक्षक एसपी दिलिप घिमिरेको कडाईको कारण अहिले रौतहटमा भैंसी तस्करी तथा रामपुरखाप बाट हुँदै गरेको संगठित तस्करी पुर्ण रुपमा बन्द भएको छ बिचौलिया तथा तस्करको उठिबास भएको छ राम्रो मान्छेको लागि एसपी रामको अवतार तथा नराम्रो मान्छेको लागि काल बनेका छन्