एक्शनमा सप्तरी प्रहरी: ड्युटीका प्रहरीले मोबाइल चलाउन नपाउने

फाल्गुन २४,२०८१ शनिबार
उदेस पाण्डे
सप्तरी! जिल्ला प्रहरी कार्यालय सप्तरी प्रमुख प्रहरी उपरीक्षक एसपी ढकेन्द्र खतिवडा जिल्ला प्रहरी कार्यालय सप्तरीको कमाण्ड सम्भाले देखि सप्तरी प्रहरी अपराध नियन्त्रण, तस्करी नियन्त्रण, लागुऔषध गाँजा बरामद तथा फरार प्रतिवादी पक्राउमा सप्तरी प्रहरीले तदारुकता देखाएको छ। मधेशभ्युज डटकम लाई प्राप्त सुचना अनुसार अहिले जिल्ला प्रहरी कार्यालय सप्तरी मातहत अन्तर्गत मुद्दा शाखा (कैप) crime action plan महिला सेल, अनुचित लेनदेन शाखा, ठाडो उजुरी शाखा बाट सेवाग्राही नियम अनुसार सेवा लिइरहेका छन्
प्रहरी संगठनमा सफल कमाण्डरको रूपमा परिचित एसपी ढकेन्द्र खतिवडा नागरिकको नजरमा नायकको पात्रको भूमिकामा देखिएका छन।
जिल्ला प्रहरी कार्यालय सप्तरी मातहत रहेका सबै युनिट तथा पिकेट डिउटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन। जिल्ला प्रहरी कार्यालयले डिउटीमा खटिएका बखत कमाण्डर बाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाउने प्रावधान लागु गरेको छ। डिउटीमा खटिएका बेला कमाण्डरले आवश्यक परेको बेला डिउटीकै कामको लागि भने मोबाइल प्रयोग गर्ने छ।
ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुनसक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
अहिले सप्तरीमा प्रहरीको मिठो बोलि अर्थात चेकिङ्गको दौरान प्रहरीले नागरिकलाई सम्मान गरेर बोलेको कुरा बनैनियाको एकजना स्थानीयले बताए उनका अनुसार अहिले प्रहरीले राम्रो कार्य गरेको छ प्रहरी कार्यालय जादा कसैसंग भनसुन गराउनु पर्दैन एसपी संग डाइरेक्ट भेटिन्छ प्रष्ट आफ्नो समस्या सुनाइन्छ अनि तत्कालै प्रहरी आफ्नो एक्सन गर्छ