
०७, बिहीबार २०८१ चैत्र
उदेस पाण्डे
पर्सा। प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातीको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी द्वारा ट्रकमा लोड गरी लागिरहेको अवस्थामा ठुलो मात्रामा तीन सय किलो लागुऔषध गाँजा तथा ट्रक समेत सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको खबर मधेशभ्युज डटकम लाई प्राप्त भएको छ।
ना ८ ख ९०२७ नम्बरको ट्रकमा लागुऔषध गाँजा गइरहेको सूचनाको आधारमा उल्लेखित गाडी लाई सशस्त्रले फलो गरेको थियो
सशस्त्र प्रहरी प्रस्तावित गुल्म पिपरपाती तथा बोर्डर आउट पोष्ट बेनौली बि ओ पि बाट सयुक्त रुपमा खटेको सशस्त्र प्रहरी द्वारा भारी मात्रा लागुऔषध गाँजा बरामद गरेको छ सशस्त्र प्रहरी द्वारा सिमा क्षेत्रमा ब्यापक कडाइ गरे संगै अहिले उक्त क्षेत्रमा तस्करी नियन्त्रणको साथै साथै लागुऔषध गाँजा समेत बरामद भएको छ। अहिले बरामद गरिएको तीन सय किलो लागुऔषध गाँजाको मुख्य कारोबारी समक्ष प्रहरी पुग्न सकेको छैन
अहिले कारोबारीहरुले सिम्रौनगढ नगरपालिका मातहत रहेका खजानि, न्यकाटोला, पथलवाघाट, लाई केन्द्र बिन्दु बनाई कारोबार गरिरहेको कुरा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बरामद गरिएको लागुऔषधको मुचुल्काले पुष्टि गरेको छ
उक्त क्षेत्रमा यस भन्दा पहिला पनि लागुऔषध गाँजा बरामद भएको थियो