एआईजी बढुवामा तिब्र प्रतिस्पर्धा ६ रिक्त पदमा ११ प्रतिस्पर्धी दोस्रो नम्बरमा आचार्य

  |

०८, शुक्रबार २०८१
उदेस पाण्डे
पर्सा। नेपाल प्रहरीको ३१ औं आइजिपीमा नेपाल सरकारले दिपक थापा लाई नियुक्त गरे संगै अहिले नेपाल प्रहरीमा ६ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएको छ। निवर्तमान आइजिपी वसन्त कुँवरको अवकास संगै चैत्र ०५ देखि उक्त पद खाली भएको हो ।
प्रहरी अतरिक्त महानिरीक्षक एआईजीहरु टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनत भट्टाराई, एकैसाथ अवकाशमा गएका हुन्
नेपाल प्रहरीमा अहिले प्रशासन समुह तर्फ ८ एआइजीको दरबन्दी छ जसमध्य अहिले दुई एआईजी मात्रै छन्
अहिले प्रहरी प्रधान कार्यालय नक्सालमा एआईजी बढुवाको तिब्र प्रतिस्पर्धा देखिएको छ। अहिलेका दिआइजीहरु चन्द्र कुबेर खापुग, लालमणि आचार्य, क्रिष्ण हरी शर्मा, दान बहादुर कार्की, राजन अधिकारी, डा मनोज केसी, सिधिविक्रम साह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमाल श्रेष्ठ, डमर बहादुर बिक एआईजी बढुवाको दावेदार छन्
बढुवाको मेरिट सुचिको दोस्रो नम्बरमा डिआईजी लालमणि आचार्य रहेका छन पहिलो नम्बरमा खापुग, तेस्रो नम्बरमा शर्मा छन् एघार जना डिआईजी मध्य ६ जना लाई नेपाल सरकार मन्त्रपरिषद्को निर्णयले विशिष्ट श्रेणी अर्थात एआईजी पदमा बढुवा सिफारिस गर्ने छ।
अहिले बढुवामा तिब्र प्रतिस्पर्धाको पछाडि भबिस्यको चिफ बन्ने सपना समेतले यो वढुवा लाई कडा प्रतिस्पर्धा देखिएको छ
यो वढुवा संगै नेपाल प्रहरीको डिआईजी तथा अन्य सिनियर अफिसरहरुको वढुवा तथा सरुवाको ढोका खुलने देखिन्छ।
मधेश प्रदेश प्रहरी प्रमुख रहेका डिआईजी लालमणि आचार्य राम्रो कार्य गरेका कारण नागरिक हर्षित भएका छन् आचार्य मधेश प्रदेश प्रहरी कार्यालय बिना घुमुवा प्रहरी आफ्नो कार्यकाल पुरा गरे। मधेशका जिल्लाहरुमा मुदा फाँट बाट हुनेगरेको आलटाल पुर्ण रुपमा बन्द गराए मधेशमा अपराध नियन्त्रण गर्न तस्करी नियन्त्रण गर्न आचार्य सफल भएका छन् डिआईजी आचार्य मधेश प्रदेशको कमाण्डमा सफल भएको बुझिएको छ