०८, शुक्रबार २०८१
उदेस पाण्डे
पर्सा। बारम्बार गुनासो तथा राम्रो कार्य नगरेको कारण जिल्ला प्रशासन कार्यालय सिरहाको सिडियो तानिएको खबर मधेशभ्युज डट्कम लाई प्राप्त भएको छ
जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लाई गृह मन्त्रालयमा तानिएको छ
सिरहाको प्रमुख जिल्ला अधिकारीको रूपमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लाई पठाइएको सुचना गृहको अधिकारीले बताएका छन्
सिराहा जिल्लामा महायज्ञ गर्न डोम जातिका परिवार लाई हटाइएको विषयमा सत्य तथ्य र स्वतंत्र छानबिन गर्न गृह मन्त्री रमेश लेखकले प्रहरी लाई निर्देशन दिएका समेत खबर प्राप्त भएको छ
अहिले तराईका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको काम राम्रो देखिएको छैन प्राय सिडियो जिम्मेवारी बाट पन्छिन खोजेका कुरा नाम गोप्य राख्ने शर्तमा एकजना सहायक प्रमुख जिल्ला अधिकारीले बताए
तराईका जिल्लाहरुमा कामको चाप बढेको छ विभिन्न शाखाहरूमा नागरिकता प्रतिलिपि, राष्ट्रिय कार्ड तथा अन्य कामहरूमा सेवाग्राही दुःख पाइरहेका छन् जनमुखी कार्य गर्न सकेका छैनन् सिडियो गाउँको भित्री भागमा सड्कमा समेत अबरोध छ। सामुदायीक स्कुलमा पढाई हुँदैन बजारमा अनुगमन हुँदैन विभिन्न किसिमका टिकाटिप्पणी उठिरहेको छ

