दलितमाथि ज्यादती हुँदा प्रहरी मुखदर्शक बनेको कारण: सिराहा एसपी तानिए हेडक्वार्टर

  |

चैत,१२ २०८१
उदेस पाण्डे
सिराहा! जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी रमेश पण्डित लाई प्रहरी प्रधान कार्यालय नक्सालले तानेको खबर मधेशभ्युज डट्कम लाई प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहामा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मालाई पठाइएको कुरा नाम गोप्य राख्ने शर्तमा प्रहरीका एक उच्च अधिकारीले बताए
सिरहाको औरहि महायज्ञका नाममा दलित परिवार माथि ज्यादती भएको घट्ना विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो त्यस पछि गृह मन्त्रालयले एक्सन लिएर सिरहाको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लाई जिम्मेवारी बाट हटाएको थियो
जिल्ला प्रहरी कार्यालय सिरहामा पीडित आफ्नो गुनासो लिएर आउँदा राजनीतिक दलको नेताको ईशारामा घट्ना लाई प्रहरीले ढाकछोप गरेको थियो
सिराहा जिल्लाको एसपी तानिएको बारे जिल्ला प्रहरी कार्यालय सिरहाको सुचना अधिकारी संग बुझ्दा अहिले सम्म आधिकारिक रूपमा पत्र नआएको बताए।
अहिले तराईका जिल्लाहरुमा प्राय राजनीतिक दलको नेताको कारण कानुन बमोजिम दर्ता गर्नु पर्ने मुद्दाहरू समेत प्रहरीले आलटाल गरिरहेको कुरा एक जना महिलाले यस मधेशभ्युज डट्कम संग बताइन्
जातीय भेदभाव गर्न नपाइने अस्पष्ट कानुनी व्यवस्था भएपनि जातीय भेदभाव तथा छुवाछुत का घटना भइरहेका छन्। २०६२/२० ६३ सालको जनआन्दोलन पछि पुन स्थापित सांसदले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। तर अहिले पनि समाजमा छुवाछुतका घटना हुने गरेको पाइन्छ।