पोखरीया नगरपालिकामा टिक्दैन प्रमुख प्रशासकिय अधिकृत: मेयरको निहित स्वार्थमा अजय श्रीवास्तव लाई निमित बनाउन चलखेल सुरु

  |

२९, शुक्रबार २०८१
उदेस पाण्डे
पर्सा! पोखरिया नगरपालिकामा आन्तरिक खिचातानीका कारण एक महिनामै फिर्ता भए प्रमुख प्रशासकिय अधिकृत बिनय कुमार श्रीास्तव मधेश प्रदेशमा प्राय प्रमुख प्रशासकिय अधिकृत समय अवधि नपुग्दै परिवर्तन गर्ने मेयर संग धैरै राम्रो सम्बन्ध भएको कर्मचारी लाई निमित दिने चलन बढ्न थालेको देखिन्छ।
अहिले ठीक उस्तै भएको छ पर्सा जिल्लाको पोखरीया नगरपालिकामा सिनियर कर्मचारी स्वास्थ्य तर्फको कौशलेन्द्र मिश्र, कौशल किशोर झा लाई पाखा लगाउँदै पोखरीया नगरपालिकामा दरबन्दी समेत नभएको कर्मचारी अजय श्रीवास्तव लाई पावरको बलमा कानुन विपरीत निमित्त बनाउने कार्यमा मेयर प्रधुम्न चौहान समेत लागेको सुचना नाम गोप्य राख्ने शर्तमा त्यहाँ कार्यरत केही कर्मचारीहरुले बताएका छन्
निज कर्मचारीहरुले बताए अनुसार प्रमुख प्रशासकिय अधिकृतको कुर्सीमा अजय श्रीवास्तव बस्ने गरेका छन् जबकि यो कानुन बमोजिम मिल्दैन मन्त्रालयको पत्र बिना मेयरले समेत खटाउन नसक्ने अवस्थामा श्रीवास्तव उक्त कुर्सीमा बस्दा पोखरीया नगरपालिका भित्र कर्मचारीहरुमा चर्चाको विषय बनेको छ।
मधेशभ्यूज डट्कम लाई प्राप्त सुचना अनुसार पोखरीया नगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी दैनिक, ज्यालादारी गरी ५७५ जना राखिएको छ यसमा प्रत्येक ज्यालादारी तथा करार सेवामा राखिएका कर्मचारीहरु संग आर्थिक लाभ लिईरहेको कुराहरू बाहिर आइरहेको छ। आफ्ना नजिकका तथा राज्य नीतिक व्यक्तिहरूको मान्छे लाई जागिर खुवाउन राज्यकोष दोहन भइरहेको हुँदा नागरिक स्तर बाट समेत आलोचना हुँदैछ आइरहेको छ
पोखरीया नगरपालिकामा आखिर किन हुन्छ बारम्बार यस्तो विवाद। अहिले विवादको घेरामा फस्दै आइरहेको अधिकृत सरुवामा के छ भित्री खेल विवादित बन्दै पोखरीया नगरपालिका केही वर्ष अगाडि सरसफाई कर्मचारी रामबलीले एक जना ( महिला परिवर्तित नाम ठेगाना)लाई बलत्कार गर्ने उद्योग गरेका थिए
पछि मेयर चौहानले विवादित रामबली लाई पुनः काम गर्न नगरपालिकामा लगाएका छन्।
पोखरीया नगरपालिका लाई व्यास्थित बनाउन सकेनन् मेयर चौहान निर्वाचित भए पछि धैरैले आश गरेका थिए अब पोखरीया नगरपालिकामा चौतर्फि विकाश हुनेछ तर अहिले मेयर प्रधुमन चौहान पोखरीया नगरपालिका लाई विकशित गर्न सकेनन।
निमितको विषयमा मधेशभ्युज डट्कमले पोखरीया नगरपालिका को मेयर संग बुझ्दा वहाको भनाई थियो हो बोर्ड बाट निर्णय अनुसार सबै जिम्मेवारी अहिले लाई अजय श्रीवास्तव लाई दिएको छ।
नगरपालिका सामान्यता एकल प्रशासनिक विभाजन हो। जसको सरकारी स्थिति र स्वशासन वा अधिकार क्षेत्रको अधिकार राष्ट्रिय र क्षेत्रीय कानुनद्वारा प्रदान गरिएको छ। जसको अधीनस्थ छ नगरपालिकाका अधिकारहरू आ स्वायत्त देखि राज्यको पूर्ण अधिन्तासम्म हुन्छ