
०२, मगंलबार २०८२
उदेस पाण्डे
पर्सा! वर्तमान सरकार संग नागरिक रुष्ट हुन थालेका देखिएको छ। अहिले देशमा जहाँ पनि सरकारको बिरोध हुन थालेको छ । अहिले देशको दुवै लोकतान्त्रिक पार्टी मिलेर सरकार संचालन गरिरहेको बेला नागरिक सरकार संग रुष्ट भएको प्रमाण विभिन्न खाले नारा, सरकार प्रतिको बिरोध तथा नागरिकमा नेता प्रति आक्रोश बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ।
नेपालमा कुनै बेला केपी शर्मा ओली प्रति युवाहरु हुरुकै समर्थनमा उत्रिने गर्थे तर अहिले त्यो लोकप्रियता घट्दै गइरहेको प्रष्ट रुपमा देखिएको छ। देश तथा बिदेशमा जाँदा समेत केपी बा को बिरोध गरिरहेका भिडियो सामाजिक संजालमा आइरहन्छ।
देशमा स्थानीय तह देखि केन्द्र सम्म निर्वाचित जनप्रतिनिधिले नागरिक लाई सामाजिक आर्थिक शैक्षिक विकासले हर्षित बनाउन सकेनन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन भएको छ।
सम्माननीय प्रधानमन्त्री
१ श्री केपी शर्मा ओली
माननीय उपप्रधानमन्त्री
२ श्री प्रकाशमान सिंह सहरी विकास
३ श्री विष्णुप्रसाद पौडेल अर्थ
माननीय मन्त्री
४ श्री पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि
५ श्री रमेश लेखक गृह
६ श्री शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७ डा. आरजु राणा देउवा परराष्ट्र
८ श्री प्रदीप यादव खानेपानी
९ श्री बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१० श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति
११ श्री नवलकिसोर साह सुडी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
१२ श्री देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात
१३ श्री तेजुलाल चौधरी युवा तथा खेलकुद
१४ श्री बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१५ श्री अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिला
१६ श्री प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या
१७ श्री रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास
१८ श्री विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि
१९ श्री मानवीर राई रक्षा
२० श्री दिपक खड्का ऊर्जा, जलस्रोत तथा सिंचाइ
२१ श्री राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन
२२ श्री ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण
माननीय राज्यमन्त्री
२३ श्री अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२४ श्री रुपा वि.क. वन तथा वातावरण
२५ श्री पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिंचाइ
मन्त्रिमण्डल गठन भएको अहिले झ्ण्डै एक वर्ष पुग्न लागेको छ तर देशको राष्ट्रीय समस्या समाधान गर्न असफल भएको छ सरकार
मितिले हेर्ने हो भने २०८१/०३/३१ गते
मन्त्रालय गठन भएको अहिले नौ महिना सम्ममा पनि मन्त्रीहरुले नागरिक लाई खासै कुनै उपलब्धि दिन सकेका छैनन् हरेक साल झै यो साल पनि खेर गएको छ।
नेपाल सरकारका माननीय मन्त्रीहरुले गरेका कार्य बाट नागरिक सन्तुष्ट छैनन् अहिले मधेश बाट प्रतिनिधित्व गरिरहेका केही मन्त्रीहरुको काम कारबाहीको चौतर्फि आलोचना हुने गरेको छ। कर्मचारी सरुवा बढुवामा समेत मन्त्रीका आफन्त तथा आसेपासेले फाईदा उठाउदै आएको कुरा समेत बाहिर आइरहेको छ
सरकार प्रति नागरिकको आशा भरोसा नभएको कारण अहिले नागरिकले नेताको नेतृत्वमा हुने कार्यक्रममा सहभागी हुन छोडेका छन्।
देशको राष्ट्रीय समस्या समाधान गर्न सफल भएका वर्तमान सरकारका तर्फबाट मन्त्री बनेका माननीयले समेत राम्रो कार्य गर्न सकेका छैनन्