सर्लाहीमा घुमुवा आतंक बढ्यो: तस्करी तथा हुण्डी रोक्न प्रहरीले देखाएन तदारुकता

  |

०४, वैशाख २०८२ बिहीबार
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिले घुमुवा प्रहरीको आतक बढेको छ। मधेशभ्युज लाई प्राप्त सुचना अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिले वरिष्ट सई कमल शाही प्र ज मुकेश गुप्ता, प्र स नि: तेज नारायण यादव फिल्डमा घुमुवा प्रहरीको रूपमा परिचालित रहेका छन।
सर्लाही जिल्लामा अहिले घुमुवा प्रहरी मुकेश गुप्ता बढी चर्चामा आएका छन। सर्लाहीमा खटेका घुमुवा प्रहरीको बारेमा तत्कालीन आइजिपी वसन्त बहादुर कुँवर समक्ष धैरै गुनासो तथा मौखिक रूपमा उजुरी पुगेको थियो
तालुक कार्यालय बाट खोजिनीति हुने डरले सर्लाही एसपीले तत्कालीन आइजिपी लाई ढाँटेर घुमुवा परिचालन गरेका थिए
अहिले जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतका सबै युनिट देखि एसपी सिंह सम्म लाई घुमुवा प्रहरी मुकेश गुप्ता मिलाएर तस्करीको लाईन चलाइरहेको सूचना नाम गोप्य राख्ने शर्तमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक सि प्र अ: ले बताए
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिले घुमुवा प्रहरी मुकेश गुप्ता तथा कमल शाही व्यापक रूपमा तस्करीको लाईन खुलाएको गुनासो बढ्न थालेको छ।
प्राय ग्रामीण क्षेत्रमा बसेर घुमुवा प्रहरी मुकेश गुप्ता मधेश प्रदेशको डिआईजी तथा सर्लाही एसपिको आफु हनुमान रहेको कुरा बोर्डरमा कारोबारीहरु संग गर्ने गरेका एक जना प्रहरीले नाम गोप्य राख्ने शर्तमा बताए।
सर्लाही जिल्लाको बोर्डर संग नजिकको प्रहरी कार्यालयहरुमा विवादित ईन्चार्ज लाई जिम्मेवारी दिइएको छ प्रहरी चौकी गोरखकालीको ईन्चार्ज प्र ना नि बिबादित जु प्र अ हुन। त्यसैगरी इप्रका बलरा ईन्चार्ज हेम कुँवर धनुषामा युनिट ईन्चार्ज हुँदा व्यापक तस्करी चलेको प्रमाणित हुँदा तानिएका पात्र थिए
प्रहरी चौकी त्रिभुवननगर ईन्चार्ज समेत बिबादित ईन्चार्ज हुन जो सीमा प्रहरी चौकी इनर्वा पर्सा वीरगन्ज हुँदा विवादमा तानिएका थिए
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिले विवादित प्रहरीको चुरीफुरी बढेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतका युनिट ईन्चार्जहरु देखाउँदैनन् तदारुकता तस्करी नियन्त्रण गर्न
प्रहरी चौकी पर्सा, प्रहरी चौकी भार्सल, प्रहरी चौकी छमकी, प्रहरी चौकी अरनाहा, सिमा प्रहरी चौकी सिमराफिनहरा इप्रका बालरा प्रहरी चौकी त्रिभुवननगर इप्रका बरथवा प्रहरी चौकी गोरखकालि एरिया बाट व्यापक रूपमा तस्करी भइरहेको छ रातिको समयमा हुनेगरेको कपडा, खादान, गुट्खा, फुल रेडिमेड तथा हुण्डी कारोबार समेत भइरहँदा सर्लाही प्रहरीले अहिले सम्म हुण्डी कारोबारिलाई समात्न सकेको छैन
विगत केही दिनदेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत घुमुवा प्रहरी मुकेश गुप्ता मधेश प्रदेशको डिआईजी तथा सर्लाही एसपी सिंह को नाम बेचेर केही चौकी ईन्चार्ज संग विभिन्न किसिमको समान माग्ने गरेको कुरा नाम गोप्य राख्ने शर्तमा एकजना चौकी ईन्चार्जले भने बेलाबेलामा आएर घुमुवा प्रहरी मुकेश गुप्ता डिआईजी लाई केही गिफ्ट पठाउनु छ पैंसा माग्ने गरेको कुरा चौकी ईन्चार्जले बताए
उनका अनुसार प्रहरी रेकर्डमा देखाउनलाई प्रहरी चौकी ब्रहृमपुरी हाजिर गराए पनि प्र ज: मुकेश गुप्ता मिलाएर घुमुवाकै काममा खटने गरेका छन्