३०, मंगलवार २०८२
उदेश पाण्डे
पर्सा! कर्णाली प्रदेशमा लामो समय देखि प्रदेश प्रहरी प्रमुख डिआईजी नहुँदा प्रहरीको काम कार्वाही चुस्त दुरुस्त देखिएको छैन।
प्रहरीको आदर्श वाक्य “सत्य, सेवा, सुरक्षा”हो नागरिकको जिवधनको सुरक्षाको लागी चौबीसै घण्टा खटिने प्रहरी अहीले कर्णाली प्रदेशमा डिआईजी नहुँदा आफ्नै मातहत भित्र ( Public Centered Policing) दिन सकिरहेको छैन उदाहरणको लागि जिल्ला प्रहरी कार्यालय डोल्पाको घटना लाई लिन सकिन्छ।
लामो समयदेखि कर्णाली प्रदेश प्रहरी कार्यलय निमित्त प्रहरि बरिष्ट उपरीक्षकको भरमा चलाउँदा डोल्पा जिल्ला प्रहरी कार्यालय भित्र डिएसपी तथा मुदा फाटका सई बिच बिबाद मात्र नभई हात हालाहालको स्थिति सम्म पुग्यो प्रहरी विभाग कानुन बमोजिम चलने कमाण्डरको कमाण्डमा चल्ने संगठन भित्र अहिले आन्तरिक कलह देखियो
कर्णाली प्रदेश प्रहरी कार्यलय मातहतका दश वटा जिल्ला प्रहरी कार्यालयहरु मध्य जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक एसपी प्रमुख हुन्छन् भने अन्य नौं वटा जिल्ला प्रहरी कार्यालयहरुमा प्रहरी नायब उपरीक्षक डिएसपी ईन्चार्ज हुन्छन्
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी डा हेम केसी लाई प्रहरी प्रधान कार्यालयमा तानेको छ
नेपाल सरकार गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको निर्णय बमोजिम प्रहरी नायब महानिरीक्षक डिआईजीको सरुवा अनुसार मिति २०८२/०१/२१ गते निकाल्दा (१) डिआईजी:ईश्वर कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानी (२) डिआईजी:उमा प्रसाद चतुर्वेदी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा
(३) डिआईजी:अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा
(४) डिआईजी:दिनेश कुमार आचार्य: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा
(५) डिआईजी:राजेन्द्र प्रसाद भट्ट: लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर
(६) डिआईजी: डम्बर बिक: सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी
(७) डिआईजी: गोबिन्द थपलिया: केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा अनुसार सबै जना आआफ्नो ठाउँमा गए पनि अहीले सम्म कर्णाली प्रदेशमा डिआईजी खटाइएको छैन
यसै सम्बन्धमा मधेशभ्युज डट्कमले प्रहरी प्रधान कार्यालय नक्सालको सुचना अधिकारी प्रहरी बरिष्ट उपरिक्ष रामेश थापा संग बुझ्दा कर्णाली प्रदेशमा चाँडै डिआईजी खटाउने कुरा बताउनु भयो
प्रदेश प्रहरी प्रमुख नहुँदा जिल्लाहरूको निरीक्षण, औँलोक्न अन्य विभागीय काम कार्वाही चुस्त दुरुस्त देखिएको छैन

