कमाण्ड कन्ट्रोलमा कम्जोर डिआईजी ढकाल: मधेशमा तस्करी फस्टायो

३१, बुधबार २०८२
पर्सा! सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बहिनी मुख्यालय बर्दिवास महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी कृष्ण ढकाल कमाण्ड कन्ट्रोलमा कम्जोर देखिएका छन।
आहिले तराईका जिल्लाहरुमा ब्यापक रूपमा हुण्डी कारोबार तथा अन्य तस्करी ब्यापक रूपमा भइरहेको छ। जसमा बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरीका कमाण्डर फिल्डमा खटेर पुर्ण रुपमा तस्करी रोक्न कुनै तदारुकता देखाएका छैनन् आहिले माछा, फुल, कुखुराको चल्ला, कपडा, काजु रजनिगन्धा, भैंसी , खसीबाख्रा तथा अन्य समानहरुको तस्करी भइरहँदा पनि डिआईजी कृष्ण ढकाल आएको एक हप्ता भन्दा बढी दिन भयो हाजिर भएको हुँदा समेट अबैध रुपमा भइरहेको तस्करी रोकिएको छैन।
सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी मातहत मधेश प्रदेशको आठ वटा जिल्लाहरू रहेको छ जसको कमाण्डरको रुपमा आएका सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी कृष्ण ढकाल गर्दै आइरहेका छन्
तर आहिले सम्म बाहिनीपतिले कुनै ठोस उपलब्धि हासिल गरेका छैनन्
रौतहटको बि ओ पि औरहिया, बनकुल, बेलबिक्षुवा, सर्लाहीको मुख्य भन्सार, सिमरा फिनाहरा, अर्नहा, गढहिया दुमारिया महोतरीको सम्सी खैरवा, मुख्य भन्सार धनुषाको स्टेसन सिरहाको माडर, यो ठाउँहरू बाट तस्करी हुँदा समेत डिआईजी मुखदर्शक बनेका छन्
सि स म: १ कृष्ण ढकाल डिआईजी बढुवा हुनसाथ मधेश प्रदेशको जिम्मेवारी पाएका भाग्यमानी अर्थात पावर सेन्टर बाट पावर लाएर कार्यकाल पुरै नहुँदा डिआईजी कालीदास धौजे को सरुवा निकाल्न लगाएर मधेश प्रदेश हानेका कुरा नाम गोप्य राख्ने सर्तमा एक जना प्रस्तावित गुल्मपतिले बताए
सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय तर अहिले डिआईजी कृष्ण ढकाल कमाण्ड सम्हालेदेखी फौजी जस्तो तुरुन्तै देखिने परिवर्तन देखिएको छैन।
सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बल बारा प्रमुख एसपी के सि, सशस्त्र प्रहरी बल रौतहट एसपी बस्नेत, सशस्त्र प्रहरी बल सर्लाही एसपी तथा अन्य जिल्लाका एसपीहरुलाई कडाइ गर्न सकिरहेका छैनन्
नाम गाेप्य राख्ने सर्तमा एक जना सशस्त्र प्रहरी बल छिन्नमस्ता बहिनी मुख्यालय बर्दिबासमा कार्यरत रहेका सि प्र अ काे भनाई अनुसार आहिले डिआईजी ढकालको कमाण्ड कन्ट्रोल फौजी जस्तो देखिएको छैन तथा तस्करी भइरहेको ठाउँहरू पहिचान गरी गण बाट टोलिहरु पठाएर पक्राऊ कार्य डिआईजी बाट भएको देखिएन
मधेश प्रदेशमा सशस्त्र प्रहरी बलका महानिरीक्षक डिआईजी फेरिए संगै तस्करीहरु पुनः तस्करीमा फर्किएका छन्
मधेशका जिल्लाहरुमा हुण्डी कारोबार तथा तस्करी भइरहेको बारेमा बुझ्ने प्रयास गर्दा सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी कृष्ण ढकालले रोक्ने प्रयास भइरहेको बताए