वडा अध्यक्ष नवल माथि अभद्र व्यवहार मुद्दा दर्ता: चार दिनको म्याद थप

बुधबार ११, असार २०८२
उदेश पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका वडा प्रहरी कार्यालय श्रीपुरले एक जना वडा अध्यक्ष लाई अभद्र व्यहावार मुद्दामा नियन्त्रमा लिएर पर्सा जिल्ला अदालत बाट चार दिनको लागि म्याद थप गरी हिरासतमा राखेको खबर मधेशभ्युज़ डट्कम लाई प्राप्त भएको छ।
पर्सागढीको वडा नं ६ बाट निर्वाचित स्वतन्त्र वडा अध्यक्ष नवलकिशोर साह लाई पर्सा प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुदा दर्ता गरेको छ। विशेष कामको शिलशिलामा अदालत गएको बेला त्यहाँ सुरक्षामा खटेको प्रहरीले परिचय पत्र माग्ने कुरामा बिवाद बढ्दै गए पछि प्रहरी र वडा अध्यक्ष बिच हातपात भएको छ। वडा अध्यक्ष को भनाई अनुसार प्रहरीले नियन्त्रणमा लिएर चार पाँच जनाको समुहले म लाई पिटेको मेरो टाउको तथा पीठमा चोट लागेको उल्टै म माथि रिसबी राखी मुद्दा चलाएको कुरा मधेश भ्युज़ डट्कम संगको कुरामा बताए।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साको सूचना अधिकारी डिएसपी किशोर लम्साल संग बुझ्दा कानुन बमोजिम प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ वडा अध्यक्षले प्रहरी लाई कुटपिट गरेको कुरा छ अहिले कानुनी रित पुर्याई वडा अध्यक्ष लाई नियन्त्रणमा लिएको हो।