कमाण्ड कन्ट्रोलमा अब्बल इन्स्पेक्टर कठायत:लागुऔषध कारोबारी धमाधम पक्राऊ

१९, आषाढ २०८२
उदेस पाण्डे
पर्सा। इलाका प्रहरी कार्यालय पशुपतिनगरको ईन्चार्ज प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली द्वारा लागुऔषध सहित तिन जना संलग्न व्यक्तिहरु लाई पक्राउ गरेको खबर मधेश भ्युज डट्कम लाई प्राप्त भएको छ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरको कमाण्ड इन्स्पेक्टर बिना कठायत सम्हाले देखि उक्त एरियामा आम नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गर्नुको साथसाथै प्रहरी कार्यालय पुग्ने सेवाग्राहीको काम कानुनी रित्पुर्याई छिट्टो गरेर नागरिकको नजरमा प्रहरी मेरो सुखदुःख को साथी भने वाक्य पुरा गरेकी छिन्
कमाण्ड कन्त्रोलमा अब्बल अफिसरको रुपमा परिचित इन्स्पेक्टर बिना कठायत लो प्रोफाइलमा बस्ने निडर कमाण्डरको रूपमा आफ्नो परिचय बनाएकी छिन।

मिति २०८२।०३।१८ गते अ. १५:०० बजेको समयमा जि. मकवानपुर हेटौंडा उ.म.न.पा. १५ शिखरपानी स्थितमा ला.औ. कारोवार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको ईन्चार्ज प्रहरी निरीक्षक इन्स्पेक्टर विमला कुमारी कठायतको कमाण्डमा खटिएको प्रहरी टोलीले ना.२१ प. १७९ न. को स्कुटरलाई शंका लागि कानुनी रितपुर्याई चेकजाँच गर्दा स्कुटर चालक ऐ. १४ पदमपोखरी वस्ने वर्ष अ. ४० को सोम स्याङ्तानले उक्त स्कुटरको डक्की भित्र लुकाइ छिपाइ ल्याएको २७ पत्तामा प्रति पत्ता १० पिस को दरले २७० ट्याब्लेट ला.औ. ट्रमाडोल र निजकै घरबाट १२० पत्तामा प्रतिपत्ता १० पिस को दरले १२०० ट्माडोल ट्याब्लेट गरी जम्मा १४७० ट्याब्लेट ला.औ. ट्माडोल फेलापरेको (निज भाम खोज्द, लडि सामान्य खुट्टमा चोट लागेको) र ऐ.८ औधोगिक क्षेत्रभित्र रहेको | पानी ट्याङकी नजिकै बाट ना. ३८ प. ५. ५ न.कोभो सा लाइ शंकालागि रोकी चेकजाँच गर्दा मोटर साईकल चालक ऐ, १५ शिखरपानी वस्ने वर्ष अ. २४ को महेश तामाङको साथबाट १५ पत्तामा प्रति पत्तामा १० ट्याब्लेटको दरले १५० ट्याब्लेट र पछाडी सवार जि. मकवानपुर भिमफेदी घर भइ हाल हेटौंडा उ.म.न.पा. ९ प्रगति चोक बस्ने वर्ष अ. २७ को कैलाश थापा मगरको साथबाट १५ पत्तामा प्रति पत्ता १० को दरले १५० ट्यावलेट ट्माडोल फेलपारी जम्मा १७७० ला.औ. ट्रमाडोल ट्याब्लेट फेला पारी स्कुटरर तथा बाईक सहित मानिस लाई नियन्त्रणमा लिएरे ईलाका प्रहरी कार्यालयमा ल्याएर राखिएको तथा थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको खबर मधेश भ्युज डट्कम लाई प्राप्त भएको छ।