प्रहरी आचरण विपरीत कार्य गरेका सई खड्का हेडक्वार्टर तानिएका छन

२० असार २०८२ शुक्रबार
उदेस पाण्डे
पर्सा। सहकारी ठगी प्रकरणमा भैरहवास्थित कारागारमा पूर्वपक्ष का लागि बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथ पूर्व उपप्रधानमन्त्री तथा गृमन्त्री समेत दुई पटक रहिसकेका रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा सहभागी भई हस्ताक्षर गरेका ट्राफिक प्रहरीको प्रहरी नायब निरीक्षक (सई) प्रहरी प्रधान कार्यालय तानिएका छन्
नेपालगन्जमा कार्यरत ट्राफिक प्रहरी नायब निरीक्षक सई कमल खड्का लाई हस्ताक्षर अभियानमा संलग्न भएको पाइएका सबुत प्रमाण पुष्टि भए पछि विभागिय कारवाहीको लागि हेडक्वार्टर तानिएको कुरा एक जना अधिकारीले बताए
नेपाल प्रहरीमा प्रहरी नियमावली २०७१ काे परिच्छेद १०१ मा आचरण सम्बन्धी नियावली छ जुन यो प्रहरी आचरण विरुद्धको काम हो। कुनै पनि प्रहरी कर्मचारी सरकारको आलोचना, राजनीतिक दलको समर्थन तथा अन्य नियम बमोजिमका कार्य गर्नुहुँदैन भने प्रष्ट उल्लेख छ।
यो प्रहरिको बर्दी लगाएर हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका प्रहरी नायब निरीक्षक लाई प्रहरिले आंतरिक रूपमा पहिचान गर्न देशभरि सर्कुलर जारी गरेको थियो