कमाण्ड कन्ट्रोलमा अब्बल डिआईजी चतुर्वेदी: मुस्लिम समुदायको दाहा शान्तिपूर्वक सम्पन्न

२३ अषाढ २०८२ सोमबार
उदेस पाण्डे
पर्सा! मधेश प्रदेशको जिल्लाहरूमा मुस्लिम समुदाय द्वारा निकालिएको ताजीया अर्थात दाहाकाे सुरक्षामा प्रहरीले प्रशंसनीय कार्य गरेको छ।
मधेश प्रदेशको प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदी प्रहरी संगठनमा एक निडर, काबिल, अनुसन्धानमा अब्बल तथा भिड नियन्त्रणमा सफल अफिसरको रुपमा परिचित छन।
मधेश प्रदेशको प्रमुख भएर आए देखि हरेक जिल्लाको मुदा शाखा, अनुचित लेनदेन शाखा, अपराध अनुसन्धान शाखा, महिला बालबालिका शाखामा सेवाग्राहीहरुले महसुस गर्ने गरी परिवर्तन आएको छ।
मधेश प्रदेशको आठ वटा जिल्लाहरू पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी गरी मधेशको आठै जिल्लामा २१९ वटा ठाउँमा मुस्लिम समुदाय द्वारा महरामको रयाली गरिएको थियो जसमा मधेश प्रदेशको सुरक्षा योजना अनुसार चौतीस सय चौरासी जना सुरक्षाकर्मी द्वारा सुरक्षा दिइएको थियो। विगतका वर्षहरुमा मुस्लिम समुदायको महरम (दाहा) को क्रममा बिबाद हुँदा भिड अनियन्त्रित भई हुलहुज्जत देखि समाजमा अशान्ति समेत हुने गर्थ्यो तर यस पटक प्रदेश प्रहरीको प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीको बोल्ड कमाण्डले गर्दा दाहामा कुनै प्रकारको अशान्ति तथा उत्सृङ्खल गतिविधि हुन सकेन।
मधेश प्रदेशको कमाण्ड सम्हाले देखि डिआईजी उमा प्रसाद चतुर्वेदी सर्वसाधारण जनताको वास्तविक समस्याको पहिचान गरी कानुन बमोजिम दिनुपर्ने सेवा तुरुन्तै गर्न आदेश दिन्छन् धैरै पटक प्रहरी कार्यालय धाउनबाट सेवाग्राही बाँचेका छन्
मधेश प्रदेशको जिल्लाहरूमा मुस्लिम समुदाय हिन्दु समुदाय बीचमा केही दिन देखि देखिएका मनमुटावको कारण यस पटक दाहामा हिन्दु समुदाय मुस्लिम समुदाय बीच बिबाद होला भने केही समाजसेवी तथा विशिष्ट नागरिक लाई लागेको थियो। तर प्रहरीले देखाएको प्रोफेशनल Dedication ले गर्दा त्यसो हुन बाट जोगिएको छ।
हिजो वीरगन्जमा मुस्लिम द्वारा निकालिएको दाहको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्र स्वयम फिल्डमा खटेर सुरक्षा दिइरहेका थिए।
हरेक जिल्लाहरूमा मुस्लिम समुदायको दाहा भन्दा पहिला डिआईजी जिल्ला जिल्ला आफै पुगेर आकलन गरेर गएका थिए तथा प्रदेश प्रहरीको कार्यालय बाट संचार द्वारा मिनट मिनटको अपडेट लिइरहेका थिए । सबै भन्दा बढी वीरगन्ज लाई फोकासमा रहेका थिए