डिआईजी एक्सनमा: बिबादित ईलाका ईन्चार्ज प्रदेश तानिए छानबिन सुरु

२५ अषाढ २०८२ बुधवार
उदेस पाण्डे
पर्सा! मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको कडा एक्सन पछि बिबादित ईलाका प्रहरी कार्यालय गौशालाका ईन्चार्ज प्रहरी निरीक्षक तथा घुमुवा प्रहरी लाई जिल्ला प्रहरी कार्यालय महोतरीले जिम्मेवारी बाट हटाइएको छ।
ईलाका प्रहरी कार्यालय गौशालामा अहिले प्रहरी निरीक्षक अशोक यादव लाई खटाइएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत रहेका ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक इन्स्पेक्टर उत्तम सिंह भण्डारी सहित दुई जना प्रहरी लाई सोधपुछका लागि सम्बन्धित कार्यालयमा झिकाई विभागीय प्रक्रिया अगाडि बढाएको खबर प्राप्त भएको छ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक तथा प्रहरी जवान धिरज महतो अर्जुन विश्वकर्माले व्यापारीबाट जबरजस्ती मानसिक रुपमा रकम मागेको चेक अनादर मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको इलाका प्रहरी कार्यालय गौशाला परिसरमा दिनहु छलफलबाट बिचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको आरोप लागेपछि जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि तिनै जनालाई नेपाल प्रहरीको जनकपुर स्थित गणमा राखेर विभागीय छानबिन सुरु भएको छ।
प्रहरी निरीक्षक प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले प्रहरी जवान धीरज महत्व र अर्जुन विश्वकर्मालाई घुमुवाको रुपमा परिचालित गरी अनैतिक काम गराएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरी जवान महत्व र विश्वकर्मा लामो समयदेखि इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत (सदापोसाक)का घुमुवा प्रहरीहरुले संरक्षण गर्दै आइरहेका छन्
जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहतका प्रहरी चौकी तथा ईलाका प्रहरी कार्यालयहरुमा विगतका लामो समयदेखि बसेका प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत रहेका प्रशासन शाखाले अदली बद्ली गरेको छैन। उक्त जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी सिमा संग जोडिएको चौकीहरुमा ६ महिनामा अदली बदली हुनेगरेको छ तर हाईवेको चौकी थानामा लामो समयदेखि बसेका प्रहरी कर्मचारीलाई चलाइएको छैन ईलाका प्रहरी कार्यालय बर्दिवासमा लामो समयदेखि बसेका प्रहरी कर्मचारीको बारेमा पटक पटक गुनासो हुँदा समेत चेन्ज गरिएको छैन।