३१ अषाढ २०८२ मंगलबार
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवल्दार राजेश यादव प्रहरी सहायक हवल्दार धर्मेन्द्र यादव संगठनको नीति विपरीत विगत लामो समयदेखि घुमुवा प्रहरीको रूपमा खटेर संगठनको नाम बद्नाम गराउँदै आइरहेका छन्।
नेपाल प्रहरी भित्र घुमुवा प्रहरी एक बद्नाम पात्रको रूपमा रहेको हुन्छन। विगतका वर्षहरुमा घुमुवा प्रहरीको कार्य हेर्ने हो भने विभिन्न किसिमका घटनाहरुमा आफै मुछिएका थिए।
तत्कालिन गृह मन्त्री रबि लामिछाने तथा पुर्ब प्रहरी महानिरीक्षक बसन्त कुवँरले घुमुवा प्रहरी लाई हटाएर नयाँ ईतिहास रचेका थिए तर अहिले नयाँ गृहमन्त्रीको जिम्मेवारी रमेश लेखक आए पछि अहिले घुमुवा प्रहरी तराईको जिल्लाहरूमा पुनः घुमुवा प्रहरीको चुरीफुरी बढेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ६ वर्ष देखि घुमुवा प्रहरीको रूपमा कार्यरत रहेका प्र ह: राजेश यादव तथा प्र स ह: धर्मेन्द्र यादवको इशारा अर्थात ग्रीनसिग्नल पछि अहिले महोत्तरीमा सिमा संग जोडिएको चौकीहरु बाट तस्करी खुल्लम खुल्ला रुपमा भइरहेको छ।
मधेशभ्युज डट्कम लाई प्राप्त भिडियोमा दिउँसो तस्करले तस्करीको मालसमान बाईकमा कटाइरहेका देखिन्छ यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएस्पी) शैलेन्द्र भट्ट संग बुझ्दा वहाको जवाफ थियो यो भिडियो बारे जाँचबुझ हुँदै छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत रहेका सिमा संग जोडिएका प्रहरी चौकी समसि, प्रहरी चौकी इटहरवा कटी, प्रहरी चौकी पोखरभिन्डा, प्रहरी चौकी मठीयानी सिमा प्रहरी चौकी भिठामोड तथा अन्य स्थानहरू बाट ब्यापक रूपमा तस्करी भइरहेको छ। नेपाल बाट रक्सी, चाइनिज स्याउ, फेयरलब्ली, कवाड नेपाल बाट भारत तर्फ जाँदै छ। भने भारत बाट नेपाल तर्फ रजनिगन्धा, सुटपाइटको कपडा, किराना समान, लेक्टो पावडर बच्चाको दुध, भारतीय माछा, कुखुराको चला, तथा अन्य समानहरुको ब्यापक रुपमा तस्करी भइरहेको छ। यो सबै प्रकारको कानुन विपरीतका कार्य गरिरहेको पात्र लाई घुमुवा प्रहरीको संरक्षण छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी हर्मब शर्मा जिल्लाको कमाण्ड सम्हाले पछि लामो समयदेखि बसेका प्रहरी कर्मचारीहरु लाई अदाली बदली गर्न खोजेका थिए तर सोर्सफोर्सले गर्दा रोकिएको छ भनेर नाम गोप्य राख्ने शर्तमा एकजना प्रशासन फाँटमा कार्यरत प्रहरीले जनाए उनका अनुसार जिल्लाको मातहतमा समेत विगत लामो समयदेखि एकै ठाउँमा बसेका प्रहरी कर्मचारी लाई समेत एसपी साहबले चलाउँनु हुन्न।
महोत्तरी जिल्लामा अहिले घुमुवा प्रहरीको हालीमुहाली बढेको छ। ईलाका प्रहरी कार्यालय गौशाला ब्यापक विवादमा परेको कारण त्याहाँको घुमुवा प्रहरी तथा ईन्चार्ज समेत लाई मधेश प्रदेश प्रहरी प्रमुखले तानेका छन।
महोत्तरीमा कार्यरत घुमुवा प्रहरी राजेश यादव तथा धर्मेन्द्र यादव लामो समयदेखि महोत्तरीमा बसेर घुमुवा प्रहरीको रूपमा धैरै पटक विवादमा तानिदा समेत संगठन मौनरहेको छ।
मधेश भ्युज संग गोपनीयता कायम राख्ने शर्तमा एकजना सिनियर प्रहरी अधिकृतले भन्छन तस्करको स्कार्पियोमा दुबै जना घुमुवा प्रहरी घुम्छन् बाहिर होटलमा बस्छन् हाईवेमा जुवातास खेलाउने संग मिलोमतो छ तैपनि सम्बन्धित निकाय मुखदर्शक बनेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एकजना चौकी ईन्चार्ज नाम गोप्य रुपमा राख्ने शर्तमा भने जिल्ला बाट घुमुवा टोलीको प्रतिनिधित्व गरिरहेका दुबै जना प्रहरी हवल्दार राजेश यादव तथा प्र स ह: धर्मेन्द्र यादव जय नेपाल समेत गर्दैनन् आफु भन्दा सिनियर लाई चौकीमा आएर हाकिमको नामको फाईदा उठाउदै धमकाउँछन गएर उता उल्टो सुल्टो कुरा लगाउँछन् उनीहरूकै कुरामा हाकिम अहिले विश्वास गरिरहेका छन्

