सेलिब्रेटी ट्राफिक इन्स्पेक्टर भट्ट द्वारा वृक्षारोपण कार्य सम्पन्न

  |

१९ सोमबार २०८२ श्रावण
उदेस पाण्डे
पर्सा! जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज भट्ट द्वारा ट्राफिक प्रहरी कार्यालय पर्साको हाता भित्र विभिन्न प्रजातिका फलफूलको विरुवाको वृक्षारोपण गरेका छन।
अहिले वृक्षारोपण गरिएका बोटबिरुवा आउँदा दिनहरुमा कार्यालयको वातावरण हराभरा, सुन्दर बनाउनुको साथै कार्यालयमा काम विशेषले आउने सेवाग्राही लाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
असार महिनाको (Best Traffic Police of The Month) को अवार्ड द्वारा सम्मानित प्रहरी निरीक्षक लोकराज भट्ट लो प्रोफाइलमा बस्न रुचाउने पेशा प्रति पुर्ण बफादार भई आफ्नो जिम्मेवारी निर्वाह गर्ने काबिल प्रहरी अफिसरको रुपमा चिनिने गर्दछन्
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको रूपमा कमाण्ड सम्हालेका मिति देखि नेपालको संविधान प्रचलित कानुनको अधीनमा रही उत्कृष्ट ट्राफिक व्यवस्थापन देखि हालैमात्र आर्थिक वर्ष समापन भएको सन्दर्भमा अघिल्लो आर्थिक वर्षको तुलनामा मधेश प्रदेश अन्तर्गतका ८ (आठ) वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु मध्य जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले उच्च अंकमा राजश्व संकलन गर्ने कार्यमा नेतृत्वदायी भूमिका तथा कार्यसम्पादन सम्झौतामा अनुरूप उल्लेखनीय लक्ष्य प्राप्ति ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु, ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरीको उपस्थिति आम नागरिक संग सीधा सम्पर्क राखि ट्राफिक व्यवस्थापन गरेको पर्सा जिल्लाको ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट एक उदाहरणीय तथा सेलिब्रेटी ट्राफिक प्रहरी अधिकृतको रूपमा देखिएका छन
अहिले उनका साथमा रहेका टवाइसि प्रहरी बरिष्ट नायब निरीक्षक गुण निधि खकुरेलको समेत कार्यको प्रसंसा भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको ईन्चार्ज लोकराज भट्ट तथा टवाइसि खकुरेल मुस्लिमहरुको मोहरमको दिन आदर्शनगरको कैलाश चौकमा प्रशासन द्वारा निषेध गरिएको ठाउँमा जबरजस्ती गाडी छिराई पेलेर हिँड्न तरखरमा रहेका गाडीलाई हिम्त र आँटका साथ रोकी चुस्त, दुरुस्त ट्राफिक व्यवस्थापन गरेको कार्यको प्रसंसा आम नागरिक देखि विभागीय समेतले खुलेर गरेका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा भित्र अहिले सेवाग्राहीको रूपमा आउने बाईक चालक, अटो चलत, कार चालक तथा अन्य गाडीका चालकहरुलाई समेत अहिले ट्राफिक प्रहरी कार्यालय पर्साले नम्र शैलीमा प्रस्तुत भई निजहरूको जान खोजेका ट्राफिक सम्बन्धी जानकारीहरु सम्बन्धित ट्राफिकका अधिकारीहरुले दिइरहेका कुरा एक जना अटो चालकले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा भित्र कार्यरत रहेका ट्राफिक प्रहरीको भनाई अनुसार अहिलेको ट्राफिक प्रहरीको इन्स्पेक्टर भट्ट सिपाही हवल्दार संगै बसेर मेसमा खाना खाने तराई, पहाड, हिमाल सबै वर्ग र क्षेत्रका कर्मचारीलाई लाई सम्मान व्यवहार गर्ने गरेका छन्। अहिले हामी घर भन्दा टाढा बसेको भए तापनि हामी हाम्रो अभिभावक संगै बसेको जस्तो फिल गरेका छौं।
फिल्डमा खट्दा हाम्रो मनोबल उच्च रहेको हुन्छ।