४ जना डिआईजी एआईजी बढुवामा सिफारिस मधेश प्रदेशको डिआईजी चतुर्वेदी दोस्रो नम्बरमा

  |

१२ आश्विन २०८२आईतबार
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरी प्रशासन तर्फ केही समय देखि रीक्त रहेका एआईजी पदमा चार जना डिआईजीहरु एआईजीमा बढुवा भएका छन।
गृह मन्त्रालय अन्तर्गत रहेका बढुवा समितिको आइतबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षकहरु डिआइजी सुशील सिंह राठौर, डिआईजी उमाप्रसाद चतुर्वेदी, डिआईजी हिमालय श्रेष्ठ, डिआईजी डमर बि क

लाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको छ। बढुवा सिफारिसमा परेका डिआईजीहरु
डिआईजी सुशील सिंह राठौर नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्शाल, काठमाडौं कार्यरत रहेका छन् भने प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी मधेश प्रदेश कार्यालय जनकपुर धनुषामा प्रदेश प्रमुखको रुपमा कार्यरत रहेका छन। त्यसैगरी हिमालय कुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा कार्यरत रहेका छन्। भने प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर बिक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा रहेका छन।